भारतीय खेलाडीलाई २ सेकेण्डले पछि पार्दै गौरिकाले दिलाइन् नेपाललाई ऐतिहासिक स्वर्ण

काठमाडौँ — १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले पौडीमा ऐतिहासिक स्वर्ण हात पारेकी छन्। उनले २ सय मिटर फ्रीस्टायलमा स्वर्ण जितेकी हुन्। उनले भारतकी सुभांगी सिंहलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्।

उनले निर्धारित दुरी २ मिनेट ०५.०६ सकेन्डमा पुरा गरिन्। यो स्पर्धामा श्रीलंकाकी गंगा सेन तेस्रो भइन्।सागमा व्यक्तिगत स्पर्धामा नेपालले स्वर्ण जितेको यो पहिलो पटक हो।

यसअघि नेपालले १९९९ मा टिम रिलेमा स्वर्ण जितेको थियो। नेपालले साग इतिहासमा पौडीमा २० वर्षपछि स्वर्ण जितेको हो‍।गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औं सागमा रजत र कास्य पदक जितेकी थिइन्।

यसैगरी पुरषतर्फको २ सय मिटर फ्री स्टाइलमा श्रीलंकाकामेथ्यु डंकान अविसिंहेले स्वर्ण जिते। उनले १.४८ मिनेटमा निर्धारित दूरी पार गरे।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 5, 2019