‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा अनुष्का, अझ धेरै भोट गर्न अपिल “सक्दो सेयर गरौ”

मंसिर २०, मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुने ‘मिस वर्ल्ड’मा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । उनले त्यहाँ नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् ।

तर अनुष्काको चर्चा श्रृंखला खतिवडा जस्तो भएको छ्रन । गत वर्ष श्रृंखलाको लागि सारा नेपाली लागिपरेका थिए र उनले विधागत अवार्ड पनि जित्न सफल भएकी थिईन् । श्रृंखला जस्तै ‘ब्युटी विथ अ पर्पज अवार्ड’ मिस नेपाल २०१३ ईशानी श्रेष्ठले पनि जितेकी थिईन् । उनको पनि चर्चा भएको थिए । श्रृंखलाको लागि सबै लागिपरे । उनी नेकपा नेताहरु विरोध खतिवडा र मनु खतिवडाकी छोरी पनि हुन् ।

डिसेम्बर १४ मा हुन लागेको ‘मिस वर्ल्ड’मा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनले विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् ।

अहिले ‘मिस वर्ल्ड’को लागि भोटिङ चलिरहेको छ । विभिन्न देशका सुन्दरीहरु आफ्नो भोट बढाइरहेका छन् । यस्तैमा नेपाली सुन्दरी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो स्थानमा छिन् । यो समाचार तयार पार्दासम्म अनुष्काले ११.९ प्रतिशत भोट पाएकी छिन् । पहिलो स्थानमा रहेकी भियतनामकी सुन्दरी लोअङ थुय लिंहले १३.९१ प्रतिशत भोट पाएकी छिन् ।

नेपाली सुन्दरीको भोटमा बङ्गलादेशी सुन्दरीले पछ्याएकी छिन् । बङ्गलादेशकी सुन्दरी रफह तेर्साको भोट प्रतिशत ११.२० छ । अन्य देशका प्रतिस्पर्धीहरु भोटमा धेरै नै पछि छन् । तर, अनुष्कालाई भोटिङमा दोश्रो स्थानमा रहेर मात्र पुग्दैन । भोटिङमा पहिलो स्थानमा रहने सुन्दरी उत्कृष्ट २० मा सोझै पुग्नेछिन् । सर्वाधिक भोट ल्याउने सुन्दरीले ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन्, जसलाई उनलाई उत्कृष्ट २० मा सोझै पुर्याउनेछ ।

अनुष्कासँगै लण्डनमा १२४ देशका सुन्दरीहरु पनि उपस्थित छन् । मिस वर्ल्डको तयारीसँगै अनुष्काले आफ्नो देशको प्रचार–प्रसार पनि गरिरहेकी छिन् । उनले ‘भिजिट नेपाल २०२०’ लाई विशेष रुपमा प्रचार गरिरहेकी छिन् ।
लण्डनमा उपस्थित भएका विभिन्न देशका सुन्दरीहरुलाई अनुष्काले भिजिट नेपाल २०२० को विषयमा जानकारी दिइरहेकी छिन् । उनले सुन्दरीहरुलाई नेपाल घुम्न बोलाएकी पनि छिन् । उनले नेपालको विभिन्न ठाउँ र साहसिक खेलहरुको विषयमा बताएकी पनि छिन् ।

सुन्दरीहरुलाई नेपालको बारेमा बताएको भिडियो उनले आफ्नो सामाजिक संजालमा पोष्ट गरेकी छिन् । उनले पोस्ट गरेको भिडियोमा निम्तो पाएका सुन्दरीहरु पनि उत्साहित देखिन्छन् ।

उनले अन्य सुन्दरीहरुलाई नेपाल सगरमाथाको देश भएको भन्दै आफ्नो देशलाई चिनाइरहेकी छिन् । अनुष्काको यो प्रचारले भिजिट नेपाल २०२० लाई विशेष सहयोग हुने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति December 6, 2019
Loading...