प्रचण्डले सीमा अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्नु पर्दैन भन्नु ‘प्रभु भक्ति’ : बिजुक्छे

भक्तपुर : राजनीतिक विश्लेषक सौरभले केपी ओलीपछि राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीमा झर्ने अभिव्यक्तिले अहिले चर्चा पाइरहेको छ। तर यसको ठीक विपरीत नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने ओलीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

भारतले ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीमा जुटेको समेत उनले दाबी गरे।

यसको लागि प्रचण्डले पनि लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न हुन्न भनेर ‘प्रभु भक्ति’ गरिसकेको अध्यक्ष बिजुक्छेको तर्क छ। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेजको १८ औं र ख्वप कलेज अफ इञ्जिनियरिङको ११ औं वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले उक्त तर्क गरेका हुन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही गर्न सक्नु भएन भने प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ’, अध्यक्ष बिजुक्छेले भने।

भारतले लिम्पियाधुरा र कालापानी क्षेत्रमा गरेको सीमा अतिक्रमणलाई प्रचण्डले अन्तर्राष्ट्रियकरण गर्न पर्दैन, कूटनीतिक वार्ता गर्नुपर्छ भन्नु नै प्रधानमन्त्रीको लाइनमा रहेको पुष्टि हुने उनको भनाइ थियो।

तर कूटनीतिक वार्ता गर्दा हिजो सुस्तामा आधा भूभाग गुमाउनुपरे जस्तै अहिले प्रचण्डले प्रधानमन्त्री पाउँदा लिम्पियाधुरा र कालापानी पनि नेपालले आधामात्रै पाउने सम्भावना रहेको उनले स्पष्ट पारे।
अध्यक्ष बिजुक्छले सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजान ढिलाइ भइरहेको भन्दै सरकारको कडा आलोचना गरे। सीमा अतिक्रमण मुद्दामा कूटनैतिक वार्ता भन्ने नै नहुने उनको जिकिर थियो।

‘सीमा अतिक्रमणको विवाद हाम्रो भू’मिबाट फिर्ता जा, सैनिक फिर्ता लैजाऊ भन्न सक्नुपर्छ’, अध्यक्ष बिजुक्छेले भने, ‘यसमा कूटनैतिक वार्ता भन्ने हुँदैन। बरु अन्तर्राष्ट्रिय अदालत जान सकिन्छ। कूटनैतिक काम भनेको अन्तर्राष्ट्रिय अदालत नजाऔं भनेको हो। ठूलो देशलाई हामीले तर्साउन पनि सक्दैनौं। हाम्रा प्रम उतैबाट नियुक्त हुन्छन्।’

नेताको स्वास्थ्य रेकर्ड अमेरिका र भारतमा
फरक प्रसंगमा उनले सरकारमा बस्ने हरेक नेताहरुको स्वास्थ्यसम्बन्धी सम्पूर्ण रेकर्ड अमेरिका र भारतमा रहेको खुलासा गरे। सोही रेकर्डको आधारमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको पार्टी एकता गराएर दुईजना अध्यक्ष बनाइएको उनको दा’वी थियो।

‘सरकारमा बस्ने हरेक नेताहरुको स्वास्थ्यसम्बन्धी रेकर्ड अमेरिका छ, भारत पनि छ’, अध्यक्ष बिजुक्छेले भने, ‘हाम्रा नेताहरु को कहिले मर्ने र को कति बाँच्छन् सबै उनीहरुको हातमा छ। त्यसैले दुई पार्टी एक गरेर दुई अध्यक्ष बनाइएको हो।’

जनयुद्धमा प्रचण्ड जंगलमा बसेनन्
त्यस्तै उनले १० वर्षे जनयुद्धका बेला प्रचण्ड आठवर्ष त भारतको एक पाँचतारे होटलमा बसेको सुनाए। शान्ति प्रक्रियामा आएर प्रचण्ड प्रधानमन्त्री भएपछि भारत गएको संसदीय टोलीलाई सोही होटलका कर्मचारीले ‘तपाईको प्रधानमन्त्री प्रचण्ड यहीं कोठामा आठ वर्ष बस्नुभएको थियो’ भनेको उनले सुनाए।

‘जनयुद्धका बेला प्रचण्ड भारतको एक पाँ’च’ता’रे होटलमा आ’ठ वर्ष बसेका थिए तर नेपाली जनतालाई जं’ग’ल’मा बसेको, गुरिल्ला युद्ध गरेको भनेर भ्रम छरियो’, अध्यक्ष बिजुक्छेले भने, ‘माओवादीहरुलाई भारतले नै सबै ता’लि’म दिएको हो। माओवादीले दस वर्षसम्म भारतकै दानापानी खाएका थिए। अब फेरि प्रचण्डलाई प्रधानमन्त्री बनाउने खोजिरहेको छ।’

उनले भारतले भनेजस्तो गरे देश सकिने र नगरे प्रचण्ड सकिनेबारे आफूले उनीहरुलाई पहिल्यै सचेत गराएको सुनाए।

प्रचण्ड भारतका… हुन् : नारायणमान बिजुक्छे

राजनीतिज्ञ नारायणमान बिजुक्छे, रोहितले खरो प्रश्नमा खरो जवाफ दिदै भनेका छन्– प्रचण्ड भारतका मान्छे हुन्, भारतले जे भन्यो त्यही मान्छन् । अर्थात प्रचण्ड भारतका… नै हुन् त ?

विजुक्छे नेपाली राजनीतिमा ख’रो बो’ल्ने, कहिले सत्तामा नगएका र भ्र’ष्टा’चारको दा’ग नलागेका नेता मानिन्छन् । यसपटकदेखि उनी स’क्रिय राजनीतिमा युवालाई अघि सारेर पछाडि सरेका छन् ।

उनको सिको सबै राजनीतिक पार्टीले गर्नुपर्ने हो तर प्र’च’ण्ड त्यस्तो नेता हुन् जो माओवादी पार्टीको आजन्म अध्यक्ष चलाइरहेका छन् ।

विजुक्छेले कडा अभिव्यक्ति दिदै भनेका छन्– जबसम्म भारतको दानापानी खाने हण्डीवालहरु राजनीति र प्र’शा’स’न’मा रहन्छन्, तबसम्म नेपालको स्वाधीनता जोखिममा परिरहन्छ, नेपालले विकास गर्न र सुशासन दिन सक्देन ।

प्रकाशित मिति December 6, 2019
Loading...