सिन्धुलीमा स्काभेटर आगजनि गर्ने विप्लव कार्यकर्ता प’क्राउ

सिन्धुली – गत मंसिर ३ गते दुधौली नगरपालिका १३ मा निर्माण व्यवसायी छेत्र बहादुर बम्जनको स्काभेटरमा आगजनी लगायत अ’पराधिक क्रियाकलापको नेतृत्व गरिरहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीका जिल्ला सेक्रेटरी शेर बहादुर वाईवा ‘कपिल’ प क्रा उ परेका छन् । उनलाई प्रहरीले शुक्रबार हेटौँडामा प’क्राउ गरेको हो ।

हरिहरपुरगढीका ‘कपिल’ भनिने शेरबहादुर वाईवालाई ठेकेदार बम्जनको स्काभेटरमा आगजनि, मारुती सिमेन्ट काराखानाको स्काभेटरमा बम विष्फोट गराई स्टाभेटरमा क्षेती लगायत सिन्धुली जिल्लामा अशान्ती र भ्रम फैलाउने लगाएतका क्रियाकलापको नाईके भएको विशेष सुचनाका आधारमा प्रहरीले प्रक्रा उ गरेको बताईएको छ ।

वाईवालाई हेटौडा प्रहरीले पक्राउ गरेको हो । उनलाई शनिवार साँझ सम्म जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा पठाउने र आवश्यक अनुसन्धान जिल्ला प्रहरी कार्यालय सिन्धुलीले थाल्ने जनाईएको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 7, 2019