होटल हब बन्दै मुल्कोट

मुल्कोट- सिन्धुली। बीपी राजमार्गमा पर्यटकीय क्षेत्रको रुपमा विकासहुँदै गएको सुनकोशीको मुल्कोट होटल हवको रुपमा विकास भइरहेको छ । अहिले सिन्धुलीको धेरै स्थानहरुमा होटेल खुल्ने क्रम बढदो छ ।करोडौँ लगानीमा होटल तथा रिसोर्ट खुल्ने क्रम जारी रहेको छ ।

राजधानीमा होटल तथा रेष्टुराँ व्यवसायमा व्यावसायिक सफलता प्राप्त गरिसकेका व्यवसायीहरुसमेत मुल्कोटमा होटल व्यवसाय गर्न आकर्षित भइरहेका छन् । यहाँ ब्यक्तिगत र सामुहिक लगानीमा ठुला ठुला होटेल खुलेका छन ।

खुर्कोटलाई उछिनेर अहिले सिन्धुलीको मुल्कोट होटेलको हब बनेको छ । केहि समय अघि सम्म बास बस्ने राम्रो होटेल नभएको भन्दै यात्रुहरु छिमेकी जिल्ला सम्म पुग्ने गरेकोमा अहिले सिन्धुलीमाढिमै पनि स्तरीय होटेलहरु संचालनमा आएका छन ।

‘एक दशक अघिसम्म खुर्कोटमा भोक मेटाउन खाजा खाने राम्रो होटल पाउन हम्मेहम्मे पथ्र्यो,’ यात्रहरु भन्छन , ‘गोजिमा पैसा भएपनि होटल पसलको समस्याले भोकै हिड्न बाध्य हुनु पथ्र्यो । अहिले बीपी राजमार्ग निर्माण भएर यातायात सञ्चालनसँगै आकर्षक शहरको रुपमा परिणत भएको छ । अहिले सुविधासम्पन्न होटलनै सयौको सङख्यामा खुली सकेको छ ।’

बीपी राजमार्ग निर्माणभएसँगै मुल्कोट लगाएत सिन्धुलीको विभिन्न क्षेत्रमा तिब्र रुपमा बजारीकरण बढेको अनुभव हुन्छ ।

 

तस्बिर/तारा प्रकाश श्रेष्ठ

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 8, 2019
Loading...