ग्रामीण सडक : स्काभेटर चालक नै इन्जिनियर !

ओखलढुंगा । विकासको पहिलो खुड्किलो नै सडक भए पछि गाउँ स्तरमा खनिएका सडक मनोमानी खनीदा स्काभेटर चालक नै ईनिजनियर बनेका हुन्छन् । सर्वसाधरणको मनोखुसी भएका कारण नै ग्रामिण बस्तिमा सडक मनोमानी खनिएको हो । ग्रामिण सडकमा ईन्जिनियर स्काभेटर, डोजर चालक नै भएको पाईन्छ ।

ग्रामीण सडकमा स्थानियहरु बिच असहमति हुँदा चालक नै ईन्जियिर बनेर सडक निर्माण गरीएका हुन्छन् ।
पहाडी भुगोलमा खनिने सडकहरूमा मनोमानी तरिकाले खनिए पछि ग्रामिण बस्ति पहिरोको समेत उच्च जोखीममा रहेका छन् । कृषि तथा वडास्तरीय सडकहरूमा इन्जिनियरिङ मापदण्डलाई ख्यालै नगरी उपभोक्ता समिति र डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने गरेपछि कतिपय स्थानमा पहिरो समेत गएका छन् ।

सडक निर्माणमा क्रममा चौडाइ कम भएका घुम्तीहरू साँघुरो भएका र सडक सवारीसाधनहरूलाई असहज हुने तरिकाले खनिएका कारण दुर्घटनाको समेत जोखिम बढ्दै गएको छ । सडक कै कारण ओखलढढुंगामा बिगत दुई वर्षमा ७ जनाले ज्यान समेत गुमाई सकेका छन् । ईन्जीईनियरिङ मापदण्ड विपरीत निर्माण गरीएको सडकका कारण पहाडी भुभागमा पहिरोको खतरा समेचत बढ्दै गएको छ ।

विशेषगरी सडक ग्रेडको उचाइ धेरै भएका र कृषि सडकमा ग्रेड हाइट बढीमा १२ डिग्री सम्म हुनुपर्नेमा ३५ डिग्री सम्मखनिएका छन् । यस्ता सडकमा गाडी चढ्न मुस्किल हुने र दुर्घटना समेत बढी हुने लिखु गाउँपालिकाका प्रबिधिक रामकुमार बुढाथोकीले बताए । एकतिर कच्ची ग्रामीण क्षेत्र र साँघुरो सडक भएका कारण दुर्घटना बढ्ने धेरै सम्भावना हुने रहेको र अर्को्तिर नयाँ खनिने सडकहरू झनै गाडी चढ्न नै नमिल्ने गरि ठाडो खनिँदा झन् दुर्घटनाको सम्भावना बढेको उनको भनाई छ ।

सडक निर्माणको समयमा पनि स्थानीय सरकार र त्यहाँका प्राविधिक टोलिबाट कमजोरी हुने गरेको छ । सुरुमा स्थानीय सरकारहरुले पनि चनाखो भएर निर्माण कार्यको अनुमगन र परिचालन नगर्दा यस्ता सडकहरु बढ्दै गएको सवारी चालकहरु बताउउँछन् । सडक निर्माण उपभोक्ता समितिले निकै चनौतीबीच सडक निर्माणको काम गर्नु पर्ने हुन्छ प्राविधिक स्टिमेट अनुसार सडक निर्माण गेर्न चाहँना भए पनि स्थानीय जनताले सहजरूपमा आफ्नो जग्गामा सडक खन्न नदिँदा घुम्तीमा साँघुरो र सडक ठाडो हुने समस्या हुने गरेको छ ।

सडकका घुम्ती फराकिलो बनाउन धेरै जग्गा फाल्नुपर्ने हुन्छ तर स्थानीयले दिँदैन ।जसले गर्दा सडकका घुम्ती साँघुरो र केही ठाडो भएका हुन् तर क्रमश जग्गाधनीलाई सम्झाइबुझाई बाटो फराकिलो बनाइने चम्पादेवी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष उज्जन बुढाथोकीको भनाई छ । निर्माणको बेला आफ्नो जग्गामा बाटो लिन नदिने ठूलो समस्या भएका कारण सुरुमा प्राविधिकले सडक खन्न नापेको भन्दा अर्को तरिकाले खन्नुपर्दा धेरै समस्या आउने गरेको उनको भनाइ छ । ओखढंगाका स्थानिय तहले हरेक वर्ष सडक निर्माणको लागि करिब ५० लाख बढी बजेट बजेट विनियोजन गरीरहेका छन् ।

अरुण ३ को सुरुङ भित्र ३ जना कामदार घाईते

संखुवासभाको मकालु गाउँपालिका रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा ३ जना कामदार घाईते भएका छन । काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना कामदार घाईते भएका हुन् ।

शुक्रबार बिहानको राती साढे २ बजे भारतको आसाम नलबारी का २३ वर्षिय भाजिदिन अली, भारतको बर्बता जिल्ला २६ वर्षिय हस्तम अली र भारत जिल्ला अलिकाद्वारका २८ वर्षिय अबुद कर माथिबाट झरेको ढुङ्गाले लागेर गम्भिर घाईते भएका हुन् । घाईते तिनैजनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 8, 2019