श्री मनकामना मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

वि.सं. २०७६ मंसिर २७। शुक्रबार – मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ – आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – चिताएको काम रोकिए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। तर आगन्तुकहरूले अलमल्याउने हुँदा कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। महत्वाकांक्षी योजना बिग्रन सक्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । अधिक धन खर्च हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – परिणाममुखी जिम्मेवारी व’ह’न गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । लाभदायक यात्राको सम्भावना छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दु’विधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने स्थिति छ । नजिकका साथीभाइ र इष्टमित्र टाढिन सक्नछन् । लागनीम रहेको धनको प्रतिफल नआउदा दिक्क लाग्नेछ । प्रतिस्पर्धामा पराजय भोग्नुपर्ला । झगडा वा विवादबाट टाढै बस्नुहोला । सापटीमा गएको धन फिर्ता हुन गाह्रो छ । सानो गल्तीले ठूलो अनिष्ठ निम्त्याउन बेर लाउदैन । – ज्यो.प. नारायणप्रसाद दुलाल

आजको पञ्चाङ्ग

वि.सं. २०७६ मंसिर २७। शुक्रबार। इ.स. २०१९ डिसेम्बर १३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। प्रतिपदा, १०:३९ उप्रान्त द्वितीया। नक्षत्र– मृगशिरा, ७:३७ बजेउप्रान्त आर्द्रा। योग– शुभ, १३:५५ बजेउप्रान्त शुक्ल। करण– कौलव, १०:३९ बजेदेखि तैतिल, २२:१७ बजेउप्रान्त गर। आनन्दादिमा मानस योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ४ पला। कोसी-कोका संगममा धार्मिक मेला।

तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 13, 2019