२८ मंसिर, बनेपा । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडामा मोटरसाइकल दु र्घ ट ना हुँदा एक जनाको मृ त्यु भएको छ ।
पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९२प ५१९२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको मृ त्यु भएको हो ।
शुक्रबार दिउँसो आफैँ अनियन्त्रित भई दु’र्घ’ट’नामा परेका दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको अवस्था ग म्भी र रहेको प्रहरीले जनाएको छ । टाउको र खुट्टामा चोट लागेका उनको धुलिखेल अस्पतालमै उ प चा र भइरहेको छ ।
प्रकाशित मिति December 14, 2019