बीपी राजमार्गमा साइकल गुडाउँदै जर्मन जाेडी

सिन्धुली – जापान सरकारकाे सहयाेगमा बनेकाे बनेपा–सिन्धुली–बर्दिबास सडक (बीपी राजमार्ग) काे दुम्जादेखि सिन्धुली खण्ड हेर्नका लागि समेत रमाइलाे छ । सुनकाेशीकाे किनारैकिनार साइकलमा गुड्न अझ रमाइलाे छ ।

खुर्काेटदेखि सिन्धुलीगढी नजिकै साेला भञ्जायङ्गसम्मकाे उकालाेमा पाइडल पेल्दै र साेला भञ्ज्याङ्गबाट माढी झर्ने ओरालाेमा साइकल कुदाउनु झनै रमाइलाे । समृद्ध सिन्धुली अभियानले समेत चार वर्षदेखि याे राेडमा साइकल पर्यटन प्रवर्द्धनका लागि राइड टु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएकाे छ । याे सडकमा अन्य साइकल यात्रीसमेत आकर्षित हुँदै आएका छन् ।

विपी राजमार्गमा साइकल कुदाउदै गर्दा भेटिएका यि जाेडी जर्मन नागरिक साइकल यात्री मिसेल जर्गेन्सन र ओल्गा हुन । उनिहरुले ३३ मुलुक, ३३ हजार किलोमिटर यात्रा साइकलबाटै पार गरिसकेका छन् । कुराकानीका क्रममा उनीहरुले साइकल यात्राकाे मुख्य उद्देश्य विश्वकाे पृथक कला संस्कृति र जनजीवन बुझ्नु रहेकाे बताए ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

तस्वीरः भुवन थापा

प्रकाशित मिति December 27, 2019