अर्को चुनावमा नेकपा एक्लैले दुई तिहाइ ल्याउँछ : प्रचण्ड

काठमाडौं :  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा पार्टीले एक्लै दुई तिहाइ मत ल्याउने बताएका छन्।

चितवनको इच्छाकामना गाउँपालिकामा आइतबार भएको कार्यक्रममा प्रचण्डले अबका तीन वर्ष सरकार र पार्टीले गर्ने कामले आगामी निर्वाचनमा दुई तिहाइ मत ल्याउने दाबी गरे।

‘सरकार र पार्टीको कामबाट हामी एक्लैले दुई तिहाइ मत ल्याउने सुनिश्चितता गरेका छौं,’ उनले भने। केन्द्रीय समिति बैठकपछि देशैभर कार्यक्रम गर्ने बताउँदै उनले त्यसले उत्साह ल्याउने पनि बताए।

पार्टी र जनताबीच जीवन्त सम्बन्ध नहुँदा जित्नुपर्ने कतिपय ठाउँमा उपनिर्वाचनमा पराजित हुनु परेको उनले बताए। ‘केही ठाउँहरू हामीले हार्ने कल्पना पनि नगरेको ठाउँ हारियो,’ उनले भने।

विकास निर्माणका काम जनताले चाहे जस्तो छिटो नभएको उनले बताए।लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत भूमि नेपालको भएको भन्दै उनले अतिक्रमित भूमि फिर्ता ल्याउन कुटनीतिक पहल भइराखेको बताए।

‘कालापानी क्षेत्रबाट सेना हटाउने यो अबसर पनि हो,’ उनले भने, ‘कुटनीतिक तवरबाटै सीमा विवाद हल गर्छौं।’उनले नेपालका भूमि एक इन्च पनि अरूलाई नदिने र अरूको एक इन्च पनि नलिने बाताए ।

यस्तो छ प्रधानमन्त्री ओली बस्ने नयाँ घर

प्रधानमन्त्री केपीशर्मा ओली नयाँ घरमा बस्न थालेका छन्। मुख्य सचिवको लागि बनेको आवासमा प्रधानमन्त्री ओली बस्न थालेका हुन् बलुवाटारस्थित उनी बस्ने घर पुनःनिर्माणको लागि भत्काइँदैछ। प्रधानमन्त्रीले बालुवाटारमा निवासका रुपमा दुईटा घर प्रयोग गर्ने गरेका थिए।

२०३२ सालमा बनेको प्रधानमन्त्री निवास भूकम्पका कारण जीर्ण बनेको थियो। अब उनका लागि बालुटारमा दुई नयाँ घर बनाइने भएको छ।नयाँ बन्ने घरमा एउटामा प्रधानमन्त्रीको निजी निवास र अर्कोमा सचिवालय हुनेछ।

३३ करोड ८० लाख लागतमा प्रधानमन्त्रीका लागि दुईटा घर बन्न लागेको हो। दुई वर्षमा घरको निर्माण सकिने भनिएको छ। त्यतिञ्जेल प्रधानमन्त्री ओली अहिले मुख्य सचिव निवासमा बस्ने छन्।

मुख्य सचिवका लागि बनाईको आवासमा राष्ट्रिय सभाा अध्यक्ष गणेश तिमिल्सिना बस्दै आएका थिए। अध्यक्ष तिमिल्सिना पूर्व सभामुख कृष्णबहादुर महरा जेल परेपछि खाली भएको निवासमा सरेेपछि उक्त घर खाली थियो।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 29, 2019