प्रचण्डले सिन्धुलीगढीबाट भ्रमण बर्ष २०२० को उद्दघाटन गर्ने

सिन्धुलीगढी :  कमलामाई नगरपालिकाले ऐतिहासिक स्थल सिन्धुलीगढीबाट भ्रमण बर्ष २०२० को उदघाटन गर्ने तयारी गरेको जनाइएको छ । पुष १६ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सिन्धुलीगढीमा आउने कार्यक्रम तय भएको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भ्रमण बर्षलाई नै लक्षित गरेर सि न्धु ली ग ढी मा पृश्वीनारायण शाहको शालिक समेत अनावरण गरिने भएको छ । भ्रमण बर्षको सुरुवात नै सिन्धुलीगढीबाट गर्ने कार्यक्रम तय भएको नगर प्रमुख खत्रिले बताउनुभयो ।

सात गाँउपालिका र दुई नगरपालिका रहेको सिन्धुलीमा नेपालकै अस्तित्व जोगाउन स फ ल भएको सिन्धुलीगढी कमलामाई नगरपालिकामा पर्छ ।

फिक्कल गाँउपालिकाले भ्रमण बर्षलाई ल क्षि त गरेर र्‍यफ्टिङ महोत्सव गर्ने जनाएको छ । गाँउपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार गाँउपालिकामा मुख्य रुपमा खेती गरिने किबीलाई समेत प्रोत्साहन गर्ने कार्यक्रम गरिएको छ । गाँउपालिकाको ग ति वि धि लाई फोटोमार्फत प्रर्दशन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 29, 2019
Loading...