मरिण गाउँपालिका द्वारा भ्रामक समाचारको खण्डन (विज्ञप्ति सहित)

मरिण, सिन्धुली : मरिण गाउँपालिकाले एक प्रेस विज्ञप्ति जारी गरी गाउँपालिका अध्यक्ष पानीराज बम्जन बारे सुनियोजित रुपमा केही संचारमाध्यममा सम्प्रेशण गरिएको भ्रामक र कपोकल्पित समाचारको खण्डन गरेको छ ।

मरिण गाउँपालिका प्रबक्ता विमर्श मोक्तान द्वारा जारी विज्ञप्तिमा भनिएको छ राज्यको चौथो अगको रुपमा रहेको संचारमाध्यमले अधिकारिक रुपमा सत्यतथ्य नबुझी एकपक्षिय ढंगले समाचार प्रकाशन गरेको घटना प्रती गाउ कार्यपालिका खेद प्रकट गर्दछ ।

साथै विज्ञप्तिमा मरिण गाउँपालिकाको वडा नं ६ धमिले बजारमा निर्माणाधिन मदनभन्डारी सडक आयोजनामा सन्चालित ट्रिपर राजश्व उठाउने जिम्मा पाएको इम्मानुएल कन्स्ट्रक्सनकाम प्रतिनिधिले रोकेपछी गाउपालिका अध्यक्ष लगाएत नेकपाका नेताहरुले उक्त सडक आयोजनामा सन्चालित टिपरमा अवरोध नगर्न र बाटो खोल्न आग्रह गरिएको बिषयलाई अतिरन्जित गरी गाउँपालिका अध्यक्षले हातपात गरेको भनी नेपाली काङेसले निकालेको प्रेस विज्ञप्ति सरासर झुटो रहेको ब्यहोरा सबैमा जानकारी गराउदछौ भनिएको छ ।

मरिण गाउँपालिका द्वारा जारी प्रेस विज्ञप्ति – 

मरिण गाउँपालिकाको नदिजन्य पदार्थ उत्खनन्को कर उठाउने ठेक्का इम्मानुएल कन्स्ट्रक्सनले पाएको थियो र यसका संचालक नेपाली काङेसका नेता छत्र बम्जन हुन ।

ठेक्का पाएको इम्मानुएल कन्स्ट्रक्सनले मरिण गाउँपालिकामा नियमविपरित राजश्व उठाउदै आएको अनावश्यक तरिकाले पैसा उठाएको स्थानियले गुनासो गर्दै आईरहेका छन ।

प्रकाशित मिति December 29, 2019
Loading...