मुक्तिनाथ मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

आज मिती : १६ पुष २०७६, बुधवार , षष्ठी , सन् २०२० प्रारम्भ/राष्ट्रिय मेलमिलाप दिवस/टोपी दिवस

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ – वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो रहला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर सरकारी निकाएबाट भने सहयोग मिल्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतिष्ठा कमाउने बेला छ र शुभकार्यको चर्चापनि चल्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।


तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु –आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउनपनि मुस्किल पर्ला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रापनि हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । पारिवारीक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

आजको पञ्चाङ्ग

वि.सं. २०७६ पुस १६। बुधबार। इ.स. २०२० जनवरी १। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। षष्ठी, १६:५९ उप्रान्त सप्तमी। नक्षत्र– पूर्वभाद्रपदा, २७:३१ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– व्यतीपात, २१:४० बजेउप्रान्त वरियान्। करण– तैतिल, १६:५९ बजेदेखि गर, ३०:०४ बजेउप्रान्त वणिज। आनन्दादिमा पद्म योग। चन्द्रराशि– कुम्भ, २०:५१ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१८ बजे र दिनमान २५ घडी ४ पला। पञ्चक। सन् २०२० प्रारम्भ।

तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 1, 2020
Loading...