आज राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडाैं, १६ पुस । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ सातौ राष्ट्रिय टोपी दिवस आज विश्वभर छरिएर रहेका नेपालीहरुले विविध कार्यक्रम गरी मनाइँदै छ ।

अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा ‘उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालीहरुमा समेत पर्वजस्तो उल्लासमय बनाउनका लागि नेपाली टोपी दिवसका रुपमा म ना उ न थालिएको हो ।

दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देश भित्र पनि टोपी संस्कारले प्रो’त्सा’ह’न पाउने वि श्वा स गरिएको छ ।

टोपी दिवसले नेपाली र नेपाली मुलका नागरिक भएका सबै देशमा नेपाली पनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रर्वद्धन गर्ने विश्वस गरिएको छ ।

टोपी दिवस बारे सामाजिक सञ्जालमा प्रतिकृया

सामाजिक सञ्जाल फेसबूकमा प्रकाश सापकोटाले आफू र आफ्ना केही साथीहरूको ढाका टोपीसहितको फोटो पोस्ट गर्दै लेखेका छन्, “हाम्रो पहिचान, हाम्रो गर्व।”

 

केहीले भने उक्त दिवसको नाम परिवर्तन गरिए राम्रो हुने तर्क गरेका छन्।

ट्विटरमा अनार्य नाम राखेका एकजना प्रयोगकर्ता लेख्छन्।

उमा थापाले भने टोपी लगाएको फोटो नहाले समाजमा नपरिएला भन्ने आशङ्का व्यक्त गर्दै ट्वीट गरेकी छिन।

दिनेश वाग्लेका अनुसार टोपी दिवस मनाउनु राम्रै भए पनि भिड जम्मा गरेर बाटै छेक्ने कामले टोपीको गरिमा राख्दैन।

कतिपयले भने गोपाल योञ्जनका शब्द सापटी लिँदै लेखेका छन्।

“मेरो टोपी कैलाशको शिर जस्तो

हिमाली भीर जस्तो

कहिल्यै पनि झुक्न नजान्ने

कहिल्यै पनि रुक्न नमान्ने

मेरो टोपी, नेपाली भीर जस्तो, नेपाली वीर जस्तो”

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 1, 2020