अब सिन्धुलीगढी ओझेलमा पर्दैन : नेकपा अध्यक्ष प्रचण्ड

पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक कार्यक्रमका बिच सिन्धुलीगढीबाट भ्रमण बर्ष २०२० को उद्दघाटन गरेका छन । सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीबाट भ्रमण बर्ष सुरु भएको घोषणा गर्दै दाहालले नेपालमा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभएको छ।

ऐतिहासिक स्थल सिन्धुलीगढीको विकास गर्दै पर्यटन क्षेत्रको विकास गरि नेपाललाई आर्थिक समृद्धमा ल्याउन यहि सरकार नै सफल हुने बताउनु भयो । अहिलेको यो सरकारले नेपालका धार्मीक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुमा लगानी गरि नेपाललाई थप पर्यटकीय गन्तव्यको रुपमा विकास गरि आर्थिक समृद्धि ल्याउन अहिलेको सरकार लागि परेको बताउनुभयो ।

नेपालमा बार्षिक १० लाख बाट कम्तिमा पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताउदै नेपालमा अहिले २५ लाख पाहुनालाई व्यवस्थित आवास तथा अन्य सुविधा सहित स्वागत गर्न सकिने अवस्थामा हामी रहेको समेत बताउनुभयो । विगतमा सिन्धुलीगढीको संरक्षण र प्रबद्र्धनमा चासो नपुगेको बास्ताविकता रहेको बताउदै अहिले दुई ठुला कम्युनिष्ट पार्टीले स्थायी सरकार दिएका छौ ।

अव सिन्धुलीगढीको संरक्षण तथा पुनःनिर्माणका सवालमा आफु काठमाण्डौ फर्के लगत्तै प्रधानमन्त्रि केपि शर्मा ओलीसंग कुरा गर्ने र गढिको विकासका लागि अहिलेको सरकार नै पर्याप्त रहेको भन्दै यसको विकास र स्थापित भएको तपाईले देख्न पाउहनुहुनेछ ढुक्क हुनुस अब सिन्धुलीगढी ओझेलमा पर्दैन उहाँले भन्नुभयो ।

सरकारले राम्रो बजेट लगानी गरेर पर्यटन विकास र आर्थिक समृद्धिको केन्द्रको रुपमा ऐतिहासिक स्थलको रुपमा विकास गर्ने बताउनुभयो ।पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता बलियोसँग प्रदर्शन र स्थापित गर्न सकेमा ईतिहासमा गुमेका कयौ चिजहरुलाई प्राप्त गर्न सकिने बताउनु भएको छ ।

कमलामाई नगरपालिकाले ऐतिहासिकस्थल सिन्धुलीगढीमा बुधबार आयोजना गरेको नेपाल भ्रमण बर्ष २०२० को उद्घाटन समारोहमा उहाँले उक्त कुरा बताउनु भएको हो । “नेपाल भ्रमण बर्ष २०२० सफल पार्ने भनेको पर्यटन भित्र्याउने मात्रै होईन, हाम्रो राष्ट्रको ईज्जत विश्वभरि स्थापित गर्ने अवसर पनि हो,’ उहाँले भन्नुभयो, ‘आज लिनु पर्ने अठोट पनि त्यही हो ।”

लिपुलेक, लिपियाधुरा, कालापानीको क्षेत्र र पश्चिम नेपालको सुस्ताको समस्याप्रति संवेदशिल भएर लागेको चर्चा गदै उहाँले सरकारको तर्फबाट कुटनैतिक नोट पठाएको र केही दिनअघि भारतबाट पनि सम्बाद गरेर समाधान गर्न तयार छौ भनि चिठ्ठी आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो हामी सबैको लागि खुशीको कुरा हो ।”

नेपालको एक ईन्च जमिन कसैले हडपेको सहन पनि नसकिने र अर्काको एक ईन्च जमिन पनि नचाहिने चर्चा गर्दै उहाँले भन्नुभयो, “हामी हाम्रो छोड्दैनौ, हामी अर्काको लिदैनौं ।” सिंगो नेपाल राष्ट्र यतिखेर राष्ट्रियताको सबालमा एक भएकाले कुटनैतिक तरिकाले समस्याको समाधानको संकेत र लक्षण देखिन थालेको उहाँको भनाई थियो ।

चिनिया राष्ट्रपति सिजिङपिङको हालैको नेपाल भ्रमणले यो भ्रमण बर्षलाई सफल पार्न ठूलो योग्दान दिएको पूर्वप्रधान मन्त्री दाहालले बताउनुभयो । शान्ति प्रक्रियाका क्रममा सिन्धुलीगढीमा नै आएर आफुले सेना समायोजन र हतियार व्यवस्थापन गर्ने संकल्प गरेको उहाँले स्मरण गर्नुभयो ।
उहाँले सिन्धुलीगढी ऐतिहासिक बिरताको प्रतिक रहेको चर्चा गर्दै यसलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा विकास गरिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिन्धुलीगढीको बिकासमा नगरपालिका र माननिय सदस्यको पहलमा मात्रै जे जति काम गरिएको छ, त्यतिले मात्रै पुग्दैन । यसलाई पर्यटकिय रुपमा विकास गर्न राज्यले माथिबाटै हेर्नु पर्दछ ।”

उक्त कार्यक्रममा संघिय सांसद हरिबोल गजुरेलले सिन्धुलीगढी नेपाली हुनुको गौरब राखेको ऐतिहासिक ठाँउ भएको चर्चा गर्दै नेपालकै सबैभन्दा महत्वपूर्ण ठाँउ भएर पनि ओझेलमा परेको बताउनुभयो ।

अर्का संघिय सांसद गणेश पहाडीले गरिबी घटाउन नेपाल सरकारले लिएको लक्ष्य मध्ये पर्यटन क्षेत्र पनि भएको चर्चा गर्दै सिन्धुलीगढीले २४ सय अंग्रेज सेनालाई हराएको गर्विलो ईतिहास बोकेको बताउनुभयो ।

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भ्रमण बर्षको उदेश्य माथि प्रकास पार्नु भएको थियो । नेपाल सरकारले गत बर्ष सिन्धुलीगढीलाई नयाँ पर्यटकिय गन्तव्यको रुपमा घोषणा गरेको छ ।

प्रकाशित मिति January 2, 2020