पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

वि.सं. २०७६ पुस २०। आइतबार। इ.स. २०२० जनवरी ५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। दशमी, २४:४६ उप्रान्त एकादशी। नक्षत्र– अश्विनी, १०:५१ बजेउप्रान्त भरणी। योग– सिद्ध, ३२:०२ बजेउप्रान्त साध्य। करण– तैतिल, १२:०३ बजेदेखि गर, २४:४६ बजेउप्रान्त वणिज। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२१ बजे र दिनमान २५ घडी ९ पला। गुरु गोविन्द सिंह जयन्ती। सर्वार्थसिद्धि योग १०:५१ बजेसम्म।

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो,अ – आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ । प्रेममा मनमुटाव रहला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – अचल सम्पत्ती हात पर्ने योगछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – मंगल कार्यको योगछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बधी समस्या आउला ।


तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु –धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य अघी बढ्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – कार्य सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भय रहनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको अवसर मिलनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रुची बढ्नेछ । उपहार पाइने सम्भावनाछ ।

तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 5, 2020