सिन्धुलीको हरिहरपुरगढीमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या

साउन १७, सिन्धुलीको हरिहरपुरगढी गाउपालिकामा एक महिलाको निर्मम हत्या भएको छ। हरिहरपुर गा. पा. दोभान घर भएकी ४८ वर्षीय रानीमाया मोक्तानको आफ्नै घरमा धारिलो हतियार प्रयोग गरि घाँटीमा डोरीले बाधेर हत्या गरिएको अवस्थामा शब फेला परेको छ। घटना यही साउन १५ गते भएको थियो । म्रितक महिलाको साथबाट सुनको गहना र केही पैसा समेत लुटिएको प्रहरीले जनाएकोछ भने
घटना भएको तीन दिन बितिसक्दा पनि प्रहरिले अपराधीलाई भने पक्राउ गर्न सकेको छैन । ईलाका प्रहरी कार्यालयले हत्याराको तिब्र खोजी भईरहेको रहेको जनाएको छ भने स्थानियहरुले दोषीलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन ।

प्रकाशित मिति August 2, 2019