माइस्थान मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

वि.सं. २०७६ पुस २४। बिहीबार। इ.स. २०२० जनवरी ९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। चतुर्दशी, २६:०९ उप्रान्त पूर्णिमा। नक्षत्र– मृगशिरा, १५:२३ बजेउप्रान्त आर्द्रा। योग– ब्रह्म, १९:३३ बजेउप्रान्त ऐन्द्र। करण– गर, १४:२५ बजेदेखि वणिज, २६:०९ बजेउप्रान्त भद्रा। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२४ बजे

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो,अ – ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको कामपनि पुरा होला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ।

तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 9, 2020
Loading...