प्रधानमन्त्री निवासमा बसेर भीम रावललाई सिध्याउने धम्की दिने को ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताएका छन्।

सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा जीवनराम भण्डारीसँग कुरा गर्दै रावलले एमसिसी सम्झौताको विरोध गर्दा र राष्ट्र हितको कुरा उठाउँदा बेलायती युवाराज्ञी लेडी डायनाको जस्तो हालत हुने धम्की आएको बताए।

उपप्रधान तथा गृहमन्त्री भइसकेका रावलले सार्वजनिक रूपमा त्यो पनि बालुवाटारबाट ज्यान मार्ने धम्की आएको बताएपछि उनलाई कसले यस्तो धम्की दियो त भन्ने कुरामा विभिन्न अडकलबाजी गरिएको छ।

रावलले उल्लेख गरेको लेडी डायनाको प्रसंग र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केहीदिनअघि लेखेको फेसबुक स्टाटस हेर्दा यो प्रकरणको तस्बिर केही हदसम्म प्रष्ट देखिन्छ।।

रावलले भनेका छन्-… मैले यो कुरा गर्दा तपाईंले अघि अलिकति छुनु भएको थियो। मलाई मेरो ज्यानको समेत धम्की दिइएको छ। बालुवाटारमा बस्ने व्यक्तिबाट। लेडी डायनाले जसरी ज्यान गुमाउनु पर्‍यो तिमीले पनि ज्यान गुमाउला भनेर बालुवाटारसँग सम्बद्ध व्यक्तिबाट मलाई धम्की दिइएको छ। यो बिडम्बना हो तर त्यस्तो भन्ने व्यक्तिहरूले के कुरा पनि सम्झनुपर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिष्ट आन्दोलन र देशभक्तिपूर्ण आवाजहरू हराएर गएनन् भन्ने कुरा स्मरण गर्नुपर्छ। मदन भण्डारीलाई गाडी दुर्घटनाको अनेक नाटक मञ्चन गरेर दासढुंगामा हत्या गरेर मदन भण्डारीका देशभक्त पूर्ण आवाज नेपाली धर्तीबाट मेटिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरूले राम्ररी स्मरण गर्नुपर्छ।

म त्यसबारे डराउन्न। म प्रत्येक व्यक्तिलाई के कुराको पनि स्मरण गराउन चाहन्छु भने यो धर्तीमा कोही व्यक्ति पनि अजर अमर छैन भन्ने कुराको पनि प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ। यहाँ खोलिने राजनीतिक दल, हामी राजनीतिक दलका सदस्य, प्रतिनिधि सभाका सदस्यहरू माध्यममात्र हौं। नेपाल जो हाम्री आमाभन्दा पनि ठूली छन्। ठूली ठान्छौं हामी योमात्रै धेरै लामो कालसम्म अस्तित्वमा रहन सक्छ।

हुन त पृथ्वीको अस्तित्व पनि कुनै निश्चित छैन। यो पनि हामीलाई थाहा छ, यो ब्रम्हाण्डमा पनि परिवर्तन भइरहन्छ त्यो पनि हामीलाई थाहा छ हामीले बुझेका छौं तर आजको विश्व कार्ल मार्क्सले भनेजस्तो देशका सीमाना मेटाऔं अब भन्नेजस्तो अवस्थामा पुगिसकेको छैन। त्यो नपुगिसकेको र अमेरिकाले म अमेरिका फर्स्ट, मेरो अमेरिका महान् भन्ने भारतका प्रधानमन्त्रीले मेरो भारत महान् भन्ने, चीनका राष्ट्रपतिले मेरो चीन महान् भन्ने आफ्नो देशको हितअनुकूल काम गर्ने अनि हामी नेपालीले राष्ट्रको हितको कुरा गर्दा, देशको स्वाधिनताको कुरा गर्दा अखण्डताको कुरा गर्दा नझुकौं, नलत्रियौं, हामी उभिएर देशको स्वार्थको कुरा गरौंभन्दा भीम रावलले पापाराजीको, लेडी डायनाकोजस्तो अवस्थामा पुग्ने भनेर बालुवाटारमा बस्ने मान्छेले भन्दा प्रत्येक देशभक्त व्यक्तिहरूको मन रोएको हुनुपर्छ। तर म रोएको छैन म दृढ छु त्यसमा यी कुराहरू भनेका कस्ता हुन् भने यस्तै कुराले देश कमजोर हुन्छ कतिपय देशको अस्तित्व गुमेको हामीले देखेका छौं।

मैले के ठानेको थिएँ भने यसको पक्षमा आवाज उठाउँदा धन्यवाद दिनुपर्ने भन्ने ठानेको थिएँ। उल्टो ज्यानको पो धम्की आएछ। म त्यस्तो ज्यानको धम्की दिनेहरू निरंकुश व्यवस्थामा पनि थिए। होला मानिसको भौतक शरिर जान पनि सक्छ तर त्यो भन्ने व्यक्तिहरूले के कुरा हेक्का राख्नुपर्छ भने मान्छेका विचारहरू खासगरी राष्ट्र र जनताको मतमा अभिव्यक्त विचारहरू कसैको धम्की र कसैको निरंकुश व्यवहारबाट मेटिदैँनन्। हराएर पनि जाँदैनन्। यो कुरा प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ। यो एउटा प्रमाणित कुरा हो।

स्मार्टफोन एवं ग्याजेटको प्रयोगले बच्चाको मनोविज्ञानमा असर

हिलेका बालबालिकाले मोवाइल एवं ग्याजेट्स भनेपछि हुरुक्कै हुन्छन् । आमाबुवाले चाहेर वा नचाहेर उनीहरुलाई रोकटोक गरिरहेका हुँदैनन् । कतिपय आमाबुवाले त छोराछोरी भुलाउन, फकाउन पनि स्मार्टफोन दिने गर्छन् । जबकी यसको असर भने निकै भयानक छ ।

त्यसो त एक अध्ययन अनुसार पहिलेको तुलनामा अहिलेका बच्चामा डिजिटल कुराहरु बुझ्ने क्षमता धेरै छिटो र तिव्र रुपमा विकसित भइरहेको छ । यसैले बच्चा कम उमेरमा नै गेम खेल्न, म्युजिक बजाउन, भिडियोहरु हेर्न र फोटोको लागि पोज दिन सिक्छन् ।

आजको यो स्मार्ट युगमा विभिन्न खाले स्मार्ट ग्याजेटले घेरिएका तपाईंका बच्चाको मनोविज्ञानमा कस्तो प्रभाव पर्छ त ?

सामाजिक र भावनात्मक विकासमा असर

स्मार्टफोन र इन्टरनेटले बच्चाको संवाद गर्ने कला र भावनात्मक विकासलाई पनि प्रभावित गरेको छ । स्मार्टफोनको उपयोगले बच्चा सानैमा आधुनिक र स्मार्ट त बन्छन् तर आफ्नै अभिभावकसँग उनीहरुको कनेक्सन कम भइरहेका छन् ।

अध्ययनका अनुसार बच्चाहरुले सबैभन्दा धेरै प्रत्यक्ष वा प्रत्यक्ष संवादबाट सिक्छन् । तर, स्मार्ट ग्याजेटको प्रयोगको कारण बच्चामा मानिसहरुसँग प्रत्यक्ष अन्तक्रिया कम हुन थालेको छ । यसले उनीहरुको समग्र सामाजिक विकास प्रभावित भइरहेको छ ।

बच्चाहरुको शब्दकोश कमजोर

दुई देखि तीन वर्षको उमेरसम्म हरेक बच्चाले बोल्न र सुन्न सिक्छन् । यसैक्रममा उनीहरुको आफ्नो शब्द भण्डार तयार हुन्छ । यसै उमेरमा यदि बच्चा स्मार्टफोनमा समय धेरै बिताउन थाले भने उनीहरुको बोल्ने र सुन्ने प्रक्रियामा बाधा आउँछ र उनीहरुको शब्दकोश कमजोर हुन्छ ।

स्मार्टफोनले बच्चाको स्वतन्त्र सोचलाई पनि प्रभावित गर्छ भन्ने कुरा अभिभावकहरुले सोच्नुपर्ने हुन्छ । यसले रचनात्मकतामा पनि असर पर्छ ।

प्रकाशित मिति January 13, 2020
Loading...