पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

वि.सं. २०७६ माघ ३। शुक्रबार। इ.स. २०२० जनवरी १७। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। सप्तमी, ११:०९ उप्रान्त अष्टमी। नक्षत्र– चित्रा, २८:४८ बजेउप्रान्त स्वाती। योग– सुकर्मा, १८:५७ बजेउप्रान्त धृति। करण– वव, ११:०९ बजेदेखि वालव, २२:०२ बजेउप्रान्त कौलव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– कन्या, १७:३४ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:३० बजे र दिनमान २६ घडी १ पला। अष्टमी व्रत। गोरखकाली पूजा।

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो,अ – आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।


मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – कर्कट कसै कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसरपनि जुट्नेछ ।


मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दु:ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 16, 2020
Loading...