सिन्धुली । जिल्लाको मरिण गाउपालिकाले माघ ७ गते सार्बजनिक बिदा दिएको छ ।
कार्यालयको माघ ५ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसासर मरिण गाउपालिका कार्यपालिका ( कार्य विभाजन ) २०७५ को नियम ४ को उपदफा (१) बमोजिम मरिण महोत्वसब उद्घाटन समारोहका दिन माघ ७ गते मंगलबार बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिका भित्र संचालनमा रहेका सम्पुर्ण बिद्यालयहरुलाई स्थानीय बिदा दिने घोषणा गरेको मरिण गाउँपालिकाले आईतवार विदा सम्बन्धी सूचना प्रकाशित गरी जानकारी गराएको छ ।
मरिण महोत्सव मरिण गाउँपालिका-४ स्थित साहन ग्राउण्डमा यही माघ ७ गते देखी १८ गते सम्म हुँदै छ ।
तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।
प्रकाशित मिति January 20, 2020