माघ २२ मा ह’त्या आरोपित सभामुख उमेद्दवार सापकोटा विरुद्धको मुद्धामा पेशी

आइतबारमात्र नेपाल कम्युनिस्ट पार्टीबाट सभामुखको सिफारिसमा परेका नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा विरूद्ध सर्वोच्च अदालतमा परेको १ मु द्धा र २ वटा रिटमा यही माघ २२ गते सुनुवाइ हुने भएको छ।

उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अ प ह रणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको ह त्या गरेको आ रो प छ। अ’प’ह’र’ण गरेर लगिएका लामाको श’व दुई महिनापछि गा’डि’एको अवस्थामा काभ्रे बुढाखानीमा फेला परेको थियो।

संवैधानिक इजलासले उनको मु द्धा हेरिरहेको छ।लामाको ह त्यामा सापकोटा र पूर्व राज्यमन्त्री समेत रहेका सूर्यमान दोङको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालयमा जा हेरी द’र’खा’स्त दिएकी थिइन।

सो जाहेरी दरखास्तलाई त्यसपछि सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउन दरपिठ भएको थियो।उनीमाथि एउटा मु द्धा र दुई वटा रि टमाथि सुनुवाइका लागि अदालतले माघ २२ लाई पेसी तोकिएको पूर्णिमायाका वकिल ओम प्रकाश अर्यालले बताएका हुन्।

आयोग पठाउने दरपिठ भएपछि लामा सो मुद्दामा पुनरावेदन माग्न सर्वोच्चमा गएकी थिइन्। त्यसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले गत असार २५ गते उ’क्त मु’द्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उ’जु’रीको प्रतिलिपि मगाउन आदेश दिएको थियो।

सापकोटा विरुद्ध अर्जुन लामाको ह त्यासँगै २०६८ असार ६ मा परेको अदालतको अ वहेलना सम्बन्धी मु’द्दा र २०७२ चैत्र २६ मा अधिकारकर्मी सुशील प्याकुरेलले अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै दा’यर गरेको रि’ट पनि सर्वोच्चमा छ।

असार २५ गतेदेखि सर्वोच्च अदालतले सापकोटा विरुद्ध परेका मु’द्दा र रिटलाई एउटै लगावमा राखेर सुनुवाइ सुरु गरेको थियो।सापकोटाविरुद्ध मानव अधिकारवादी संस्थाहरूले बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्री पदमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै रि’ट दायर गरेका थिए।

सोमा सर्वोच्च अदालतले ‘जाहेरी पर्दैमा सार्वजनिक पदमा बहाल हुन रोक लगाउनका लागि अन्तरिम आ’दे’श गर्नु नपर्ने’ भन्दै  सापकोटा  विरुद्धको अभियोगमाथि अ नु स न्धा न   का र वा ही अगाडि बढाई त्यसको जानकारी अदालतलाई गराउन परमादेश दिएको थियो।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 20, 2020
Loading...