मरिण महोत्सब २०७६ उद्घाटन विशेष (फोटो-फिचर)

मरिण (सिन्धुली) — स्थानीय कला, संस्कृतिको प्रदर्शन र पर्यटन प्रवद्र्धनको नारासहित मरिण महोत्सव भब्य रुपमा सुरु भएको छ । उद्योग मन्त्री लेखराज भट्टले महोत्सवको उद्घाटन गर्नुभएको हो ।

मरिण गाउँपालिका र उद्योग वाणिज्य संघ मरिण शाखाद्वारा संयुक्त रुपमा आयोजित महोत्सवमा प्रमुख अतिथीको रुपमा आमन्त्रित मन्त्री भट्ट र हरिबोल गजुरेल काठमाण्डौ बाट हेलिकप्टर मार्फत मरिण आएका थिए ।

कलकलाउने मरिणखोला, सुसाउने वाग्मती.. मरिणको फाँटले ल्याउँछ है समृद्धि …. यो गीतलाई पञ्चेबाजामा ढालेर जब सिन्धुली कलाघरका कलाकारहरुले सनई बजाए अतिथि तथा दर्शकहरुले मन थाम्नै सकेनन् । अनि छमछमी स्टेजमै नाचे । यस्तो अवसर सिन्धुलीको मरिण गाउँपालिकामा मंगलबारबाट सुरु भएको तेस्रो मरिण महोत्सवले जुराएको हो ।

पञ्चेबाजा कलाघरका युवतीहरुले बजाएका थिए । महिलाले बाजा बजाएको नदेख्नेका लागि भने यो अनौठो दृश्य बन्यो । पञ्चेबाजाका अलावा टेम्को, दमाहा र झ्याम्टा लिएर मञ्चमा युवतीहरु प्रवेश गरे, दर्शक र अतिथिदीर्घामा कौतुहलता छायो । यो के हुन लागेको हो ।

पञ्चेबाजा मध्येका सहनाई बाजामा धुन निकालेर उनीहरुले जब बजाउन सुरु गरे । कोही नाचे भने कोही गडगडाहट ताली बनाउनतिर लागे । ‘शुभकार्यमा गए जत्तिकै भयो’, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले सुनाए । युवतीहरुले सनईबाट ‘बामरी, बामरी म भोलि गैहलाल्छु बसे है रामरी’ गीतलाई दुरुस्त बनाएका थिए ।

पञ्चेबाजामै नरसिंह र कर्णाल भने कलाकार युवाहरुले बजाएका थिए ।
सिन्धुली कलाघरका कलाकारहरु पञ्चेबाजामा मात्र सीमित भएनन्, भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै लोपोन्मुख खैँजडी भजन पनि प्रस्तुत गरे ।

मदन भण्डारी लोकमार्ग, बीपी राजमार्ग छेवैको कति राम्रो मरिण, यही लयको खैँजडी भजनमा कलाकारहरुले दर्शकको साथ पाएका थिए । कलाकारहरुले ए है ठूली, सबै मिलिजुली सफल बनाऔं भनेर भजन मा ताल मिलाएका थिए ।


मरिणको दीगो विकास अर्थतन्त्रको आधार, पर्यटन र उद्योग पूर्वाधार भन्ने मूल नाराका साथ माघ १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा १२५ वटा स्टल राखिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कालाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रस्तुती : राज कुमार कार्की

 

पहिलोपल्ट पिच सडकमा समृद्ध मरिणको नारा !

तस्बिर : कृष्ण प्रकाश श्रेष्ठ / दिपेश मैनाली

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 22, 2020