व्यापारिक केन्द्र बन्दै बर्दिवास, फस्टाउँदै होटल ब्यवसाय

(महोत्तरी) — पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बर्दिवास व्यापारिक केन्द्र बन्न थालेको छ । सिन्धुलीलगायत पहाडी र तराईका जिल्लाको संगमस्थल भएकाले यहाँ व्यापारिक गतिविधि बढेको हो । बर्दिवासमा ठूल्ठूला घर, व्यापारिक भवन, होटल तथा रिसोर्ट बन्नुका साथै सरकारी र बैंक तथा वित्तीय संस्थाका कार्यालय स्थापना हुन थालेका छन् ।

तराईका बासिन्दालाई गर्मी र पहाडकालाई जाडो छल्न बर्दिवास उ प यु क्त गन्तव्य भएको छ । बीपी राजमार्ग, जनकपुर–जलेश्वर राजमार्गको ट्रान्जिट प्वाइन्ट पनि बर्दिवास बनेको छ ।

भारतको जयनगर, जटही, जमुनी, सितामढी भिट्टा मोड लगायत विभिन्न नाका हुँदै पूर्व तथा पश्चिम नेपाल प्रवेश गर्ने भारतीय र नेपाली आगन्तुकका निम्ति बर्दिवास सु’र’क्षित गन्तव्यस्थल बन्दै गएको बर्दिवास उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण गौतमले बताए । होटल तथा सपिङ कम्प्लेक्सका कारण पनि आगन्तुकको रोजाइमा बर्दिवास पर्न थालेको उनको भनाइ छ ।

 

प्राकृतिक रुपमा सुन्दर, सरसफाइ र सुविधायुक्त होटल, लज र जुनसुकै बेला सवारीसाधन पाइने भएकाले यात्रु तथा पर्यटकका लागि बर्दिवास आकर्षणको केन्द्र बन्दै गएको हो । ‘बर्दिबासमा सस्तो र महँगो दुवैखाले आवास पाइने भएकोले जुनसुकै स्तरका ग्राहकले पनि बस्न पाउँछन्,’ गौतमले भने । उनका अनुसार बर्दिवास नगरपालिका क्षेत्रमा करिब ११ सयभन्दा बढी होटल दर्ता भई सञ्चालित छन् ।

बर्दिबासमा सबैभन्दा पहिला २०३५ सालमा सानो घरबाट सुरु भएको ‘गौतम होटल’ अहिले तारे स्तरको बनेको छ । तीनतारे होटलको मापदण्ड पूरा गरिसकेकोले सम्बन्धित निकायमा गुणस्तर कायम गर्न कानुनी प्र’क्रि’या’मा रहेको होटल सञ्चालक हीरा गौतमले बताए । प्रदेश २ मा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि गौतम होटल, विनायक, मिथिला, गौरीशंकरलगायत बर्दिवासका होटल रोजाइमा पर्ने गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० सुरु भएपछि बर्दिवासका अ’धि’कां’श होटल भरिभराउ छन् । भ्रमण वर्ष सुरु भएको २१ दिनमै दुई सय जनाभन्दा बढी विदेशी पाहुना गौतम होटलमा बसिसकेको सञ्चालक गौतमले बताए । उनले २० वर्षअघि डेढ लाख रुपैयाँ ऋण लिएर सुरु गरेको होटलको पुँजी एक अर्ब पुगेको बताए ।

बर्दिवासमा रहेको होटल विनायक तीन वर्षअघि करिब ३० करोड रुपैयाँ लगानीमा खुलेको हो । करिब २० करोड रुपैयाँ लगानीमा होटल रिसोना रमिथिला होटल लगायतअन्य सुविधायुक्त होटल पनि खुलेका छन् । प्रदेशको राजधानी जनकपुर भएपछि प्रदेशस्तरीय कार्यक्रमहरू समेत बर्दिवासमै सञ्चालन हुन थालेका छन् । व्यवसाय फस्टाएपछि होटल स्थापनाका लागि व्यवसायीहरू उत्साहित छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले बर्दिवास बजार क्षेत्रमा मात्रै सञ्चालित करिब २ सय होटललाई ४ तहमा विभाजन गरेको छ । लगानीको आधारमा १५ देखि ५० करोडसम्म लगानीका ५ वटा होटललाई क श्रेणी, १५ क’रो’डसम्म लगानीमा बनेका होटल सिसमहल, नमोबुद्ध, पन्चधुरा, विश्वमित्र, जनता होटल, खड्ग होटल लगायत १५ वटालाई ख श्रेणी र अन्य होटललाई ग श्रेणीमा वर्गीकरण गरिएको संघका अध्यक्ष दीपेन्द्र पराजुलीले बताए ।

उनले यहाँका होटल व्यवसायीले पाहुनालाई राम्रो सेवा दिएकाले बर्दिबास रोजाइमा पर्ने गरेको बताए । होटल व्यवसाय रोजगारीको स्रोत पनि भएकोले सेवा विस्तार गर्दै प्रभावकारी बनाउन जरुरी रहेको प्रदेश २ की सांसद शारदा’देवी थापाले बताइन् । सुविधासम्पन्न होटलहरू थपिँदै जानु बर्दिवासको समृद्धि र विकास मान्न सकिने बर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीले बताए ।

-सुनिता बराल

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 23, 2020
Loading...