सुनकोशी-मरिण डाइभर्सनको काम छिट्टै थालिने

सिन्धुली। सरकारले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउन स्वीकृति प्रदान गरेको छ । सो आयोजनाका लागि स्रोत सुनिश्चित गरी शीघ्र कार्यान्वयनमा लैजाने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत् सुनकोशी–मरिण डाइभर्सन आयोजनालाई पनि राष्ट्रिय गौरवको आयोजना घोषण गरेको थियो । सो आयोजना अघि बढाउन दुई अर्ब पाँच करोड रुपियाँ विनियोजन गरिएको थियो । सो आयोजनाको वि’स्तृ’त अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ । आयोजनामा करिव ७६ अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ ।


सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । सरकारका प्रवक्ता बाँस्कोटाले सुनकोशी–मरिण बहुउद्देश्यीय आयोजना प्र दे श २ का लागि ‘गेमचेन्जर’ परियोजना भएको बताउनुभयो ।

उहाँले परियोजनाले सिर्जना गर्ने रोजगारी, कृषि क्षेत्रमा पार्ने प्रभाव लगायत कारण पनि देशकै लागि महत्वपूर्ण परियोजनाको रुपमा अगाडि बढाइने बताउनुभयो । उहाँले सो आयोजनाको काम चाँडो भन्दा चाँडो थालनी गरिने समेत बताउनुभयो ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 24, 2020
Loading...