अग्नि सापकोटालाई पक्राउ गर्न मागगर्दै सर्वोच्चमा मुद्दा’दर्ता

काठमाडौं, माघ १०। नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रि’ट परेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सापकोटाविरूद्ध ह त्या मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले उनलाई सभामुख बनाउन थालिएको प्रक्रिया, घ’टनाको अनुसन्धान गर्न र सापकोटालाई प’क्रा’उ गर्न माग गर्दै शुक्रबार रिट हालेका हुन्।

उक्त रि’टको सुनुवाइ आइतबारका लागि तोकिएको त्रिपाठीले जानकारी दिए।

प्रतिनिधिसभाको सभामुखका लागि माघ ७ गते उम्मेदवारी दर्ता थियो। सभामुखमा सापकोटाकोमात्र उम्मेदवारी परेपछि उनलाई १२ गते सभामुख निर्वाचन भएको घोषणा हुँदैछ ।

विगतमा सापकोटा विरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको ह त्यामा संलग्न भएको आरोप लागेकाे थियाे । १७ वैशाख २०६२ मा ‘माओवादी कार्यकताको अ प ह र णमा परेका’ भनिएका लामाको २ महिनापछि काभ्रेकै बुढाखानीको चारकिल्ला भन्ने ठाउँमा श व फेला परेको थियो ।
तर नेता सापकोटाले भने अर्जुन लामालाई आफुले देख्दै नदेखेको दाबी गर्दै आएका छन ।

मृ त क लामाकी श्रीमती पूर्णमाया लामाले ७ मंसिर २०६९ मा सापकोटासहितका माओवादी नेता कार्यकर्ताविरुद्ध क र्त व्य ज्या न  मुद्दा दायर गरेकी थिइन् ।

प्रकाशित मिति January 24, 2020