सिन्धुली-रामेछाप जोडने बहुचर्चित पुलको प्रचण्डले गरे उदघाटन

१९ साउन, सिन्धुली
एघार बर्ष अघि निर्माण सुरु भएको रामेछाप–सिन्धुली जोडने खैरेनीघााटको पुल निर्माण सम्पन्न भएको छ । पुलको आज पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्घाटन गर्नु भएको छ ।

रामेछापको सु*ना*प*ती गाउँपालिका, खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिकाको आयोजनामा खैरेनीघाटमा एक कार्यक्रमका बिच नवनिर्मित पक्की पुलको उदघाटन गरिएको हो । करिब नब्बे मिटर लम्बाई रहेको पुल एघार बर्ष अघि निर्माण थालिएको थियो । तीन बर्षको अवधिमा निर्माण सुरु गरिएको पुल निर्माण व्यवसायीको हेलचेक्रयाइँको कारण ढिला भएको थियो ।

करिब नौ करोड लगानीमा निर्माण सम्पन्न भएको पुल सञ्चालनमा आएपछि रामेछाप वासीले बर्षौ देखि पुल नहुँदा खेप्दै आएको सास्ती हटने भएको छ सरकारले पुल निर्माणमा ढिलाइ गर्ने निर्माण व्यवसायी लामा÷खन्पाचे÷कन्काई जेभीलाई कालोसूचिमा राख्ने सूचना प्रकाशित गरेपछि डेढ बर्ष अघिबाट पुल निर्माणको कामले गति लिएको थियो । कन्काई निर्माण सेवा कम्पनीले उक्त पुल निर्माणको काम सम्पन्न गरेको थियो ।

प्रकाशित मिति August 4, 2019
Loading...