भिम रावलले गरे एमसिसीका कारण पार्टी फुट्ने संकेत

काठमाडौं। सत्तारुढ नेकपा भित्र पनि प्रतिपक्षका नेताका रुपमा चिनीनुभएका नेता भीम रावलले विबादित मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता कुनैपनि हालतमा पारित हुन नदिने अडान दोहार्याउनुभएको छ ।

सुदुरपश्चिम प्रदेशको पार्टी ईन्चार्ज समेत रहनुभएका नेता रावलले दिपायलको सिलगढी नगरपालिकाले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसीसी पास गरे देशलाई नै घाटा हुने बताउनु भएको हो ।

कार्यक्रममा बाेल्दै उहाँले भन्नुभयो : “एमसीसीको सम्झौता पत्रमा उल्लेख भएका कुरा नपढिकन कैयौँ नेताजीहरुले पास गरौँ भन्दै छन्, एकपटक सम्झौता पढ्नुस्, सही वा गलत आजै छुट्टिने छ” । राष्ट्र र राष्ट्रियताका हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रिय चर्चाको विषय बनेकाले कुनै पनि हालतमा पास गर्न नहुने उहाँको तर्क छ ।

नेता रावलले भन्नुभयो, यदी जबर्जस्ती गर्न खोजिए पार्टी भनिदैन, देशको हित भन्दा ठुलो पार्टी होइन । एमसिसीकै कारण पार्टी फुट्न सक्ने तर्फ संकेत गर्दै भन्नुभयो- “हामी नागरिकका सेवक हौँ, नागरिकको हित गर्नुपर्ने ठाउँमा किन अहित गर्ने ।” एमसीसी संसद बाट कुनै पनि हालतमा पास हुन नदिने र त्यसको वि’रो’धमा चट्टान बन्ने नेता रावलले दाबी गर्नुभयो ।

देब गुरुङ भन्छन- एमसिसी नेपाल सिध्याउने षड्यन्त्रपूर्ण दस्तावेज

एमसीसीको बाँकी प्रक्रिया

२०७४ सालको भदौमा नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा हस्ताक्षर गरिसकेको छ।

त्यही मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) अहिले संसदीय अनुमोदनको पर्खाइमा छ। तर सम्झौता भइसकेपछिका समयमा अमेरिकाले उसको सामरिक रणनीति इन्डोप्यासिफिकसँग एमसीसीलाई जोडेको भन्दै कतै एमसीसीमा सहभागी हुनुको अर्थ उक्त सैन्य रणनीतिमा पनि सामेल हुनु त होइन भन्ने प्रश्नले अहिले सत्तारुढ दलका कतिपय नेतालाई गाँजेको छ।

“हुन त एमसीसी सम्झौता यो इन्डोप्यासिफिकको चर्चाभन्दा पहिले नै भएको हो। त्यसैले त्यो विषय सम्झौतामा त उल्लेख छैन तर त्यसपछि सन् २०१८ देखि नेपाललाई अमेरिकाले इन्डोप्यासिफिकमा सामेल भएको भन्न थालेको छ। त्यसबाट पहिले हट्नु पर्छ भन्ने हाम्रो भनाइ हो,” नेकपाका नेता देव गुरुङले भने ।

नेता गुरुङले पनि एमसिसी कुनै पनि हालतमा पास गर्नु हुँदैन भन्ने पक्षमा वकालत गर्दै आईरहेका छन।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 24, 2020