सिन्धुलीमा माइक्रोबस दुर्घटना, १ को मृ’त्यु, २० घाइते

१२ माघ, सिन्धुली । सिन्धुलीमा माइक्रोबस दु र्घ टना हुँदा १ जनाको मृ त्यु भएको छ भने २० जना घा’इते भएका छन् ।

झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नम्बरको माइक्रोबस आज बिहान करिब साढे सात बजे बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दु’र्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले दु’र्घटनाको पुष्टि गर्दै एक जनाको ज्या’न गएको जानकारी दिए ।

 

दुर्घटनामा ज्या’न गुमाउनेमा काठमाडौं महानगरपालिका–११, गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजन छन् । उनी सोही माइक्रोबसका चालक हुन् ।दुर्घटनामा २० यात्रु घा इते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उ’प’चार भइरहेको प्रहरीले जनाएको छ ।

माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दु र्घटना भएको हो । बाक्लो हुस्सु र तीव्र गतिका कारण दु’र्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति January 26, 2020