स्वास्थ्य चौकीको एम्बुलेन्सबाट साढे ३० किलो गाँजा बरामद

काठमाडौं, माघ १२-  हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँ’जा सहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँ जा बरामद गरेको हो।

मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँ’जा बरामद गरेको हो। उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वा’स्थ्य चौकीको रहेको खुलेको छ।

प क्रा उ पर्नेमा चालक डुमरिया नगरपालिका९ का मोहम्मद खलिद, डुमरिया-४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन । उनिहरुले मकवानपुरकै कुनै एक ठाउँबाट एम्बुलेन्समा गाँ’जा ओसार्ने गरेको पत्ता लागेको छ।

एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोला भित्र ६ पोकामा राखेको गाँ’जा फेला परेको थियो। एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ। एम्बुलेन्स सहित नियन्त्रणमा लिइएकाहरू माथि अ नु स न्धान भइरहेको प्रहरीले जनाएको छ।

लागु’औ षध नियन्त्रण ऐन, २०३३ बमोजिम दुई देखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्य वस्था छ।

सोही ऐनअनुसार उनीहरूमाथि का’र’बा’ही हुने प्रहरीले जनाएको छ ।

 

  • तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 26, 2020
Loading...