मुल्कोटमा १२ करोड लगानीमा सुविधासम्पन्न रिसोर्ट खुल्दै

सुनकोसी, सिन्धुली । बीपी राजमार्ग र सुनकोशी आसपासमा ठूला लगानीमा होटल र रिसोर्ट खोल्ने क्रम बढेको छ । पर्यटकीय केन्द्र तथा सुविधासम्पन्न होटल खुल्ने क्रम बढिरहेको सुनकोशी गाउँपालिका ५ मूल्कोटमा १२ करोड लगानीको रिसोर्ट सुरु गरिएको छ ।

खानाका परिकार र स्वादमा लोकप्रिय क्वालिटी समुहसहितको लगानीमा क्वालिटी वीच रिसोर्ट प्रा.लि.ले मुल्कोटमा रिसोर्ट निर्माण सुरु गरेको हो । रिसोर्टका सञ्चालक विनोद श्रेष्ठका अनुसार, मुल्कोटको पुछार सुनकोशी किनारनिर रिसोर्ट निर्माका लागि आठ रोपनी ज’ग्गा खरिद र अरु भाडाको जग्गा गरी २५ रोपनी क्षेत्रफलमा रिसोर्ट निर्माण गरिने छ ।

पर्यटकीय केन्द्रको रुपमा विकसित हुँदैगएको मुल्कोट क्षेत्रमा आउने पर्यटकको सुविधाका लागि लक्षित गर्दै खोलिएको रिसोर्ट डेढ वर्षभित्र तयार पारिने लक्ष्य लिएको छ ।

दुई सय जना पर्यटक राख्नसक्ने क्षमताको रिसोर्ट निर्माण गरिने जनाइएको छ । सञ्चालक बिनोद श्रेष्ठका अनुसार, रिर्सोटमा स्वीमिङ पुल, स्थानीय कला, संस्कृति, सम्पदा, मौलिकता र जनजीवन झल्कने वस्तुहरु समेत रिसोर्टमा राखिने छ । सुनकोशीको दाहिनेतिर बीपी राजमार्ग र देब्रेतिर मध्य’पहाडी राजमार्ग भएकाले दुवै राजमार्गलाई मध्यनजर राख्दै मनोरञ्जनात्मक खेल, पार्क सहित रिसोर्टको विकास गरिने योजना क्वालिटी प्रा.लि.को छ ।


सिन्धुली तथा रामेछाप जिल्लाको संगममा रहेको मुल्कोट क्षेत्रमा पदयात्रा, धार्मिक पर्यटन, साहसिक पर्यटनको रुपमा सुनकोशी जलयात्रा, सुनकोशी किनारमा वीच भलिवल, पौडीलगायत पर्यटकीय आनन्द लिन सकिन्छ ।

आदिलिंग कुशेश्वर, खाँडादेवी, सहश्रधारा, प्रतापेश्वर महादेव, राधाकृष्ण मन्दिर, बालमिकेश्वर, मुकुटेश्वरी, सोलीथुम, फापरचुली, नागी र बन्दिपुरका प्राकृतिक बोझो पोखरी, शताब्दी पुराना पाटीपौवाको भ्रमणले पर्यटकलाई लोभ्याउन सक्छ । मुल्कोट विकास समाजले मुल्कोटको सरसफाई, हरियाली, सुरक्षालगायत विषयमा ध्यानदिदै गतिविधि सञ्चालन गर्दैआएको छ ।

तस्बिर : तारा प्रकाश श्रेष्ठ

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 26, 2020
Loading...