दक्षिणकाली माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

वि.सं. २०७६ माघ २०। सोमबार। इ.स. २०२० फेब्रुवरी ३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। नवमी, १७:२४ उप्रान्त दशमी। नक्षत्र– कृत्तिका, २१:३६ बजेउप्रान्त रोहिणी। योग– ब्रह्म, २७:२९ बजेउप्रान्त ऐन्द्र। करण– कौलव, १७:२४ बजेदेखि तैतिल, २९:४५ बजेउप्रान्त गर। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४४ बजे

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो,अ – आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ।


बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह –खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। सामान हराउने योग छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि फाइदै हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।


कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्ला ।सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।अरूको विश्वास जित्न समय लागे पनि दिगो काम हातलागी हुने समय छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि –विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोवार हुनेछ । मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग आजलाई विशेष लाभदायी बन्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – निर्णायक क्षमतामा कमी आउनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ।

 

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग रहेको छ ।आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति February 3, 2020