तपस्वी बम्जनलाई प’क्राउ गर्न अदालतको अनुमती, प्रहरी आएको थाहा पाएपछी बम्जन आश्रम बाटै भागे

सिन्धुली – एक अनुयायीको ह त्या र तीन आनी बे पत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई प’क्राउ गर्न प्रहरी उनको सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ पहिरेमा रहेको आश्रममा पुगे पनि उनी भेटिएनन् ।

आश्रममा बमजन नभेटिएको र उनी बस्ने गरेको भवनमा ताला लगाइएकोजिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपसी श्यामबहादुर केसीले बताए। ‘प’क्राउ गर्न गएको हो तर उनी नभेटिएपछि हामी फर्कियौं,’ केसीले भने।

बिहीबार नै जिल्ला अदालत सर्लाहीले बम्जनलाई प’क्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। त्यसलगत्तै उनी प्रहरी आउने थाहा पाएछी आश्रमबाट भागेको हुनसक्‍ने केसीले बताए।

करिब ४२ बिगाहामा बम्जनको आश्रम छ। २४ बिगाहाको लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको स्थानीयले बताए। बम्जन बस्ने भवन भने चिनियाँ शैलीको छ। ठूलो पर्खाल र चारैचिर काँडेतार लगाइएको यो भवनमा प्रवेश नि’षेध गरिएको छ।

उनका अनुयायीहरुले गुरु कहाँ भएको आफूलाई थाहा नभएको बताएका छन्। तपस्वीको भेषमा बस्दै आएका बम्जन माथि ब’ल’त्का’रको पनि आरोप छ। प्रहरीले बमजनका अनुयायी ज्ञानबहादुर बमजनलाई सोधपुछका लागि प क्राउ गरेको छ ।

बम्जन आश्रमबाट बे प त्ता भएको र ब’ल’त्का’रको समेत आरोपमा उजुरी परेपछि उनको सिन्धुपाल्चोक बाडेगाउँ आश्रम सिल गरि प्रहरीले छानविन गरेको थियो। त्यसबेला पनि प्रहरीले  पुरै आश्रममा खोजबिन गरेको थियो।

प्रकाशित मिति February 7, 2020