प्रथम तनहुँ-कास्की कप भलिबल प्रतियोगिता २०२०को तयारी पूरा

दुबई ( युएई ) – “स्वस्थ्यको लागी खेलकुद र संस्थागत सहकार्य आजको आवस्यकता” भन्ने मुल नाराका साथ “प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता २०२०” को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज युएईको सहकार्यमा भोलि १४ फेब्रुअरीका दिन दुबई स्थित अलकुज बलोदिया भलिबल खेल मैदानमा हुन लागेको हो ।

प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहने छ । जसमा आयोजक तनहुँ कास्की, सयपत्री एनआरएनए र बाग्लुङ समाजको दुई दुई वटा टिम रहेकाछन भने अन्य सहभागी टिममा पर्वत सेवा समाज, कास्की युनाईटेड, पथरी शनिश्चरे समाज, मोना म्याग्दी, ठकुरी सहयोग संजाल, रिमिक्स टाईगर, नेपाल स्पोर्ट्स क्लब, अल खैल गेट, तमु प्ये ल्हु संघ र गुल्मी सेवा समाज रहेका छन ।

फिफाको नियम अनुसार खेलाईने उक्त खेलमा प्रथम हुने टिमलाई नगद पुरस्कार रु १,०२,७३२.४० का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्वितीय हुने ५६०३५.८६ टिमलाई नगद पुरस्कार का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरि तृतीय र चौथो हुने टिमलाई नगद पुरस्कार रु १०८९५.८६ प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै वेस्ट स्पाईकर, वेस्ट सेटर, वेस्ट सर्भर, वेस्ट लिब्रो र एक जना उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत दिने खेल समयोजक हिरालाल श्रेष्ठ ज्युले जानकारी दिएको छ ।

प्रतियोगितालाई डा. दिनेश आचार्य र युएई एक्सचेन्जले मुख्य प्रायोजन गरेका छन भने सयपत्री रेष्टुरेन्ट ले सह-प्रयोजन गरेका छन । प्रयोजन हरुमा नेपाली चुल्हो रेस्टुरेण्ट, पिपल ट्राभल एण्ड टुर्स,कुउट क्युट लुक्स ब्युटी स्यलुन्,शुभ यात्रा टभल्स , हिमल रिमिट, जी वी होलिडे टूर्श एण्ड ट्राभल्स, भेट्घत फुडइस्ट्फ ,रिया आईएमी , कोसेली ट्राभल्स,रेखा ड्यान, बिष्णु लाल श्रेष्ठ र सुमन उदय रहेका छ्न।

युएईमा रहनुहुने सम्पूर्ण सामजिक संघ संस्था र खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थिति भई खेलाडीहरुलाई हौसला बढाई
दिन हुनको लागि आयोजक सस्थाले अपिल गरेको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति February 13, 2020
Loading...