महिला प्रहरीले प्रेम प्रस्ताब अस्वीकार गरेपछि सिन्धुलीमा प्रहरी जवानले आफैंलाई हाने गो’ली

फाल्गुन २, सिन्धुली – सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान बिहान करीब ८ बजे डिउटीमै खटिएका बेला आफैंलाई गो’ली हानेका छन् ।

सर्लाही वहुअर्वा गाउँपालिका ६ स्थायी घर भइ जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गो’ली हानेका हुन्।

 

प्रहरी प्रमुख एसपी रन्जु सिग्देलका अनुसार गो-ली लागि सख्त घाइते भएका प्रहरी रायलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि ए’म्बु’ले’न्सबाट काठमाडौं लगिएको छ। प्रहरी रायले आफ्नै दाहिने को खामा गो ली हानेका छन्।आफैंलाई गो’ली हानी आ त्म ह त्या प्रयास गरेकाेबारे घा इते रायको होस खुलेपछि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

उक्त महिला प्रहरी बारे पनि थप अनुसन्धान भइरहेको एसपी सिग्देलले बताइन्। प्रहरी स्रोतका अनुसार प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वादविवाद भइ राइफल खोसेर रायले आ त्म ह त्याको प्रयास गरेका हुन्। आज प्रणय दिवस पनि भएकाले उनले ड्यूटीमा रहेकी ती महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए। दुवै प्रहरी अविवाहित हुन्।

प्रकाशित मिति February 14, 2020
Loading...