बानेश्वरमा भव्य विवाह पार्टी, तर दुलाह नै आएनन्

काठमाडौँ , राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्ली-खल्ली मच्चिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उ जुरी गरेको थियो ।

आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए । १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको थियो ।

प्रहरीलाई उ’जुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरमा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो । केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् । कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि न क्कली रहेको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेछ ।

काठमाडौँमा नभेटिएका बस्नेत अन्ततः पोखरा विमानस्थलमा भेटिए । उनको साथबाट स्रोत न-खुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ ।

काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन । उनले के कारणले यस्तो गरे भन्ने खुलेको छैन । उनलाई आ पराधिक विश्वासघात ठ’गी मुद्दा चलाउने भइरहेको छ । प्रहरीका अनुसार करिब १५ दिन अघि पनि यस्तै उ-जुरी आएको थियो । फरार रहेका ती दुलहा अझै फेला परेका छैनन् ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति February 27, 2020