विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिन्धुली । नेपाल विद्युत प्रधिकरण विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धक (केन्द्र प्रमुख) इन्जिनियर शेरबहादुर सुनार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्र ष्टाचार मु*द्दा दायर गरेको छ ।

कार्यालय भवनको तला थप गर्ने काम सकिएपछि अन्तिम बिल भुक्तानीका क्रममाा सेवाग्राही सँग घु*स मागेको भन्ने उजुरीका आधारमा महोत्तरी बर्दिबासबाट गएको आयोगको टोलीले उनलाई प क्राउ गरेको हो । इन्जिनियर सुनारले घु*स रकम सोही कार्यालयका हलुका सवारीचालक टेकबहादुर खड्कालाई लिन प ठाएका थिए । खड्काले सेवाग्राहीबाट ७५ हजार रुपैयाँ लिई भागेका थिए ।

भा गेका खड्कालाई अख्तियारको टोलीले कमलामाई नगरपालिका ७ पानीट्यांकी जानेबाटोबाट र इन्जिनियर सुनारलाई निजकै कार्यालयबाट नियन्त्रणमा लिएको अ*ख्तियारले जनाएको छ । इन्जिनियर सुनारउपर भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम का रबाही गर्न आयोगले माग गरेको छ । साथै बिगो बापत ७५ हजार भराउन पनि आयोगले भनेको छ ।

प्रकाशित मिति March 11, 2020