कुवेतको हवाई सेवा अ’निश्चितकालका लागि बन्द ….

२९ फागुन, काठमाडौं । कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान ब न्द गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ ।

विश्वव्यापी रूप लिइरहेको को*रोना भाइ*रस नियन्त्रण अभियान अन्तर्गत शुक्रबार देखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार, कुवेत-सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्याव*सायिक उडान भाेलिबाट बन्द रहनेछन् ।

यद्यपि, कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान भने यो निर्णयबाट प्र भावित नहुने त्यहाँका सरकारी प्रवक्ताले जनाएका छन् ।

व्यावसायिक उडान ब’न्द गर्ने निर्णय कहिलेसम्मका लागि हो भन्ने’बारे भने कुवेत सरकारले केही खुलाएको छैन ।

कुवेत सरकारले त्यहाँ कार्यरत कर्मचारीलाई पनि दुई साता छुट्टी दिँदै घरमै बस्न अपिल गरेको छ । आजबाट लागू हुने बिदा मार्च २६ का दिनसम्म रहने अन्तरराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।

त्यसैगरी, बजार, क्याफे, हेल्थ क्लब लगायतका स्थानमा भेला हुन पनि त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति March 12, 2020