चिनमा अलपत्र नेपाली भन्छन्- ‘उद्धार नगरे भागेरै आउँछौं’

ताक्लाकोट, चीनको ताक्लाकोटमा अल पत्र नेपालीले सरकारबाट उद्धार नभए ‘भा गेरै’ नेपाल छिर्ने बताएका छन् । त्यहाँ रहेका १ सय ४८ जनामध्ये २३ जनाले ‘जसरी पनि घर फर्कने’ तयारी गरेका छन् । कोरोना भाइरस सं क्रमणको जोखिमबाट ड’राए पनि घर फिर्न हिमपातले बाटो अ’वरुद्ध गरेकाले हिम्मत नगरी उनीहरू उतै रहेका हुन् ।

ताक्लाकोट बजार

उक्त क्षेत्रमा हालसम्म कसैलाई पनि संक्रमण छैन । संक्रमणबाट जोगिन सत र्कताका लागि केही समय पातलिएको ताक्लाकोट बजारमा पुनः मानिसको आवतजावत बाक्लिन थालेपछि ड राएका नेपालीहरू घर फर्कन खोजेका हुन् ।

‘हामी एक साताअगाडि नै हिँड्ने भनेर तयारी बसेका थियौँ,’ हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका कर्मा तुण्डुप लामाले भने, ‘सरकारले उ द्धार गर्छ, जो खिम मोलेर नजानू भनेर खबर आयो, रोकियौं । दुई–चार दिन अझै पर्खन्छौं । केही व्यवस्था भएन भने आफ्नै तरिकाले फर्कन्छौं ।’ उनले आफू सहित हुम्ला खगाल गाउँका फोक्देल लामा र हुम्लाको मुचुका थुप्देन लामा साताअघि नै नेपाल फर्कन खोजेको बताए । स्थानीय व्यापारीको संस्था कैलाश व्यापार संघकी उपाध्यक्ष ल्यामु लामाले नेपाल सरकारसँग उद्धारका लागि अनुरोध भइरहेकाले ज्या नको जो खिम मोलेर न जानुस् भनेपछि रोकिएको कर्माले बताए ।

‘हाम्रो एक जना साथी दुई साताअगाडि एक्लै हिँडेर नेपाल गइसकेको छ,’ भा गेरै भए पनि आउने तयारीमा रहेका मुचुका थुप्देन लामाले भने, ‘हामी तीन जना भएपछि पुगिहालौँला भनेर हिँड्न लागेका छौँ ।’
ताक्लाकोटबाट हुम्ला प्रवेश गर्ने बाटामा पर्ने करिब १५ हजार फिट उचाइको नारालेकमा १० फिटभन्दा बढी हिउँ छिचोल्दै केही दिनअघि एक जना नेपाली भागेर हुम्ला आएका थिए । उनी घर आइपुगेर बिरामी परेका छन् ।ताक्लाकोटमै रहेकी संघकी उपाध्यक्ष ल्यामु लामाले जान खोजेकालाई अनुरोध गरेर रो’किराखेको बताइन् । उनले भनिन्, ‘दिनदिनै कहिले उ’द्धार हुन्छ भनेर मलाई सोध्न आउँछन् । तपाईंहरू सक्नुहुन्न भने हामी आफ्नै तरिकाले जान्छौं भन्छन् । नेपालबाट केही खबर आएको छैन ।’ २३ जनाले मात्र घर फर्कन चाहेको उनले बताइन् ।

कोरोना प्रभाव : ताक्लाकोटमा डेढ सय नेपाली अलपत्र

‘गर्भवती महिला र साना बालबच्चा भएकाहरू बढी डराएका छन्,’ उनले भनिन्, ‘उनीहरू छिटो घर जान पाए हुन्थ्यो भन्छन् ।’ आफूले मार्च १ तारिखमा नेपाल फर्कन चाहनेको नामसहित उ’द्धारका लागि जिल्ला प्रशासन कार्यालय हुम्लामा निवेदन दिएको भए पनि सकारात्मक जवाफ नदिएको उपाध्यक्ष लामाको गुनासो छ । लामाले हुम्लाबाट प्रतिनिधिसभा सदस्य छक्क बहादुर लामा र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल बहादुर रावललाई पनि यो समस्याबारे जानकारी दिएको तर कतैबाट पनि आ सलाग्दो जवाफ नआएको बताइन् ।

कर्णालीका सामाजिक विकासमन्त्री रावलले मंगलबार जानकारी प्राप्त भएपछि उ’द्धारको प्रयास गरिरहेको बताए । ‘मैले जोखिम मोलेर भा’गेर नआउनुस्, हामी उद्धारका लागि प्रयास गर्छौं भनेको छु । यस विषयमा केन्द्र सरकार र मुख्य मन्त्रीसँग पनि सल्लाह गरिरहेको छु,’ रावलले भने, ‘जोखिम भए पनि नभए पनि हाम्रा नागरिक फर्किन चाहन्छन् भने त्यसका लागि प्रयास हुन्छ ।’

हाल ताक्लाकोटमा बाहिरबाट आउने मालवाहक सवारी र निर्माणका काम पूर्ण रूपमा बन्द छ । नेपाली मजदुर त्यतिकै बसिरहेको र होटलमा काम गर्नेले भने काम गरिरहेको उनले बताए । नेपालीका लागि ताक्लाकोट प्रशासनले दैनिक स्वाथ्य जाँच र खानाको व्यवस्था गरिदिएको छ । ‘यता आको छैन (को रोना) तर आउँछ भन्ने ड र लागिरहेछ,’ तिब्बतको पुराङबाट भ्वाइस रेकर्ड गर्दै नाम्खा–१, धिगाकी छुई लामाले भनेकी छन्, ‘केही गरी भा इरसको सिकार भयो भने गाह्रो हुन्छ, त्यसैले हामीलाई उद्धार गरे आभारी हुने थियौं ।’ फेसबुक म्यासेन्जरमा पठाइएको यो आवाज पुराङ काउन्टीको ताक्लाकोटमा रहेका नाम्खा र सिमकोटका नेपालीको साझा आवाज हो । ‘चीन सरकारले त स्याहार गरेकै छ, तैपनि घर फर्किन पाए हुन्थ्यो जस्तो लागिरहेको छ,’ संक्षिप्त कु राकानीमा छुईले भनिन्, ‘अन्य सहरबाट मान्छे आउन थालेपछि को रोनाको ड र पनि बढिरहेको छ ।’

कोरोना विरु द्धको लडाइँमा साथ दिएको भन्दै चीनले गर्‍यो नेपालको प्रश‌ंसा

काठमाडौँ  चीनका विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीलाई मंगलबार टेलिफोन गरी कोरोना भाइरस (को*भिड–१९) वि’रुद्धको ल डाइँमा सहयोग पुर्‍याएकोमा नेपाललाई धन्यवाद दिएका छन् ।

मंगलबार भएको कुराकानीमा चिनियाँ विदेशमन्त्री यीले को*भिड–१९ नियन्त्रण तथा रोक थामका लागि नेपालले चालेको कदमको प्रशंसा गर्दै धन्यवाद दिएका हुन् ।
को*भिड–१९ वि’रुद्धको लडाइँमा चीनसँग ऐ क्यबद्धता जनाएको भन्दै नेपाललाई विदेशमन्त्री वाङ यीले धन्यवाद दिएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले जानकारी दिएका छन् ।

प्रकाशित मिति March 12, 2020
Loading...