प्रधानमन्त्री ओली शिक्षण अस्पतालबाट डिस्चार्ज, उपचार खर्च जम्मा ५ देखि ६ लाख रुपैयाँ

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १० औं दिन अस्पतालबाट घर फर्किएका छन् ।१९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्र त्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् ।


घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए । डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन् ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई पूर्ण स्वास्थ्य लाभपछि डि स्चार्ज गर्न लागिएको बताएका थिए ।

यद्यपि चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन्  अस्पतालमा रहँदा पनि उपचारमा संलग्न चिकित्सकबाहेक मिर्गौला दाता समीक्षा र प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई मात्र प्रधानमन्त्रीलाई भेट्न दिइएको थियो ।

अस्पतालबाट बाहिरिने क्रममा उनलाई चिकित्सकहरुले समाएर गाडीसम्म ल्याएका थिए । गाडी चढ्नुअघि प्रधानमन्त्री ओलीले हाँसेर हात हल्लाएका थिए । चिकित्सकहरुकाअनुसार बालुवाटार फर्किएपनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनेछन् ।

सामान्य त एक सातमा नै फलोअपका लागि अस्पताल आउनुपर्ने हो तर प्रत्यारोपणमा संलग्न डा. दिब्या सिंह आफैं प्रधानमन्त्रीको निजी चिकित्सक भएकाले बालुवाटारमा नै फलोअप हुनेछ र विषेश इ*न्भेस्टिगेशन गर्नुपर्ने भए मात्र अस्पताल आउनेसक्ने डा. खड्गाले बताए ।

चिकित्सकहरुकाअनुसार प्रधानमन्त्रीले तत्काल नियमित भेटघाट र बाहिर हिँडडुल गर्न मिल्दैन । उपचारमा संलग्न प्रा. डा. उत्तम शर्माले भने, ‘बालुवाटार गइसकेपछि पनि धेरै मानिससँग भेटघाट गर्न दिँदा उहाँलाई संक्रमणको जोखिम हुन्छ ।’

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीको उपचार खर्च ५ देखि ६ लाख रुपैयाँ

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्दा ५ देखि ६ लाख रुपैयाँ खर्च लागेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । गत बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

शुक्रबार प्रधानमन्त्री डिस्चार्ज भई बालुवाटार निवास फर्केपछि पत्रकारसँग कुरा गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले उपचार खर्च पुरै हिसाब गरि नसके पनि ५ देखि ६ लाख लागेको बताए ।

चिकित्सकहरुका अनुसार मिर्गौला प्र’त्यारोपण गरेको व्यक्तिलाई तीन महिनासम्म संक्रमणको उच्च जोखिम हुन्छ । त्यसैले यो अवधिसम्म भीडभाड तथा सार्वजनिक कार्यक्रमहरुमा नजान प्रधानमन्त्री ओलीलाई सुझाइएको छ ।

उनीहरुका अनुसार प्रधानमन्त्रीलाई बालुवाटारमा शान्त र सफा वातावरणमा राख्नुपर्छ । त्यसअनुसारकै व्यवस्था बालुवाटारमा मिलाइएको उनको निजी सचिवालयले जनाएको छ ।तर उनले आवश्यकत सतर्कताका साथ बालुवाटारबाटै आफ्नो नियमित काम गर्नसक्ने चिकित्सकहरुले बताएका छन् ।प्रधानमन्त्री ओली दोस्रो मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका थिए । उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अस्पतालमा रहँदा उपचारमा संलग्न चिकित्सकहरु बाहेक आठौं दिन मिर्गौला दाता समीक्षा संग्रौला र नवौं दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई भेट्न दिइएको थियो ।

प्रकाशित मिति March 13, 2020