प्रधानमन्त्रीलाई राणाको सुझाव : स्वास्थ्य भन्दा पद ठुलो होइन, राजीनामा दिएर आराम गर्नुहोस्

१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर आराम गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओली स्वस्थ भएको अवस्थामा समेत मुलुकका लागि गर्नुपर्ने काम गर्न नसकेको उनको दाबी छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘आराम गर्न दिने बेला भएको छ । स्वास्थ्य भन्दा प*द ठुलो होइन, आराम गर्न जे जे गर्नुपर्छ, गर्नुहोस् ।’


उनले सरकारको चर्को आलोचना गरे । नेकपा नेतृत्वको सरकारले व्यापक भ्र*ष्टाचार गरेको, संवैधानिक अंगहरुमा राजनीतिकरण भएको, परराष्ट्र नीतिमा असन्तुलन आएको र जनतालाई करमाथि क*र थुपारेको राणाको आरोप छ ।

राप्रपा र राप्रपा संयुक्तको एकतापछि राप्रपामा तीन अध्यक्ष मध्ये ए’क राणाले राप्रपा संविधान प्रति प्रति*वद्ध रहेको र, सबै पक्षलाई स्वी’कार्य हुने साझा संस्थाको रुपमा राज*संस्थासहित प्रजातन्त्रका लागि अगाडि बढेको बताए ।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी दिएका छन् । उनले मिर्गौलाको सफल प्रत्यारोपणका लागि बधाई दिनुका साथै स्वास्थ्य’लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओली शुक्रबार मात्र अ स्पतालबाट डि*स्चार्ज भएका थिए ।

प्रकाशित मिति March 14, 2020
Loading...