हिमेश पन्त बने पहिलो कमेडी च्याम्पियन

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि धादिङका हिमेश पन्तले जितेका छन् ।

शनिबार भएको फाइनलमा दुई प्र तिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्या’म्पियन’को उपाधि हात पारेका हुन्।

फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए । तर, धादिङ घर भएका पन्तले बाजी मारे ।

विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् । विजेता पन्तलाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी)ले पुरस्कार प्रदान गरे ।
श निबार काठमाडौंमा भएको ग्रा*न्ड फिनालेमा भोटिङका आधारमा हिमेश उ*त्कृष्ट घोषित भएका हुन् ।

उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। का’न्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए।

धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन्। उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्यु’ज पाएका छन्। उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए।शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए।

विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन्।

प्रकाशित मिति March 14, 2020