कमेडी च्याम्पियन बिबादमा : खबपुका समर्थकले रिजल्ट आउट गर्न माग गरे (भिडियो)

चैत्र १, काठमान्डौ । धादिङका हिमेस पन्तले ‘कमेडी च्याम्पियन ’को उपाधि चुमेपछी बिबाद उत्पन्न भएको छ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा पन्तले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै कमेडी च्याम्पियनको उपाधि हात पारेपछि ख’ब’पुका समर्थकले भोटिंग नतिजा सार्बजानिक गर्न मा*ग गरेका छन ।

चार बजेसम्म भोट भएको दा*बि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग राखेका छन् ।

खबपुलाई हराउन धाँदली भएको भन्दै कमेडी च्याम्पियन बिरुद्द समेत ना रा बा जी गरेका छन् । कलाकार न*न्द घर्ति मगरले भोटिंगमा चलखेल भएको दाबि समेत गरेका छन् । उनले अ*र्गानिक कमेडीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पै*साको ब्यापार गरेको आ*रोप लगाए ।

भोटिंग सुबिधा दिएको इ’सेवा चोर भएको भन्दै इ’सेवा बिरुद्द कार्यक्रम स्थल बाहिर नारा जुलुस लगाएका थिए । इ’सेवालाई खारेज गर्न नारा जुलुस लगाएका थिए । इ सेवाबाट मात्रै भोट गर्ने प्रक्रिया कमेडी च्याम्पियनलाई शहरीकरण गरेको आरोप लगाएका थिए ।

त्यसैगरी केकी अधिकारि बिरुद्द समेत नाराबाजी गरेका थिए । केकिको आफ्नै सो भएकोले उनि बिरुद्द ना रा बाजी गरेका हुन् ।

उनीहरुले खबपुलाई जा तीय वि भेद गरेर ह*राएको समेत आरोप लगाएका छन् । रिजल्ट न*देखाए आन्दोलन गर्ने समेत चे ता व नी दिएका छन् ।

हेर्नुहोस भिडियो:

कमेडी रियालिटी शो कमेडी च्याम्पियनको उपाधी हिमेश पन्तले जितेका छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा हिमेश विजेता घोषित भएका हुन् ।

कमेडी च्याम्पियनको फिनालेमा हिमेशसँगै खड्ग बहादुर पुन मगर र सुमन कोइराला पुगेका थिए । तर, दुबैलाई पछि पार्दै हिमेश पहिलफ कमेडी च्याम्पियन बन्न सफल भएका हुन् ।


देश तथा विदेशमा रहेका नेपालीले गरेको भोटका आधारमा नै हिमेश पहिलो कमेडी च्याम्पिनय चुनिएका हुन् । विजेता भएसँगै हिमेशले २५ लाख र एउटा गाडी उपहार पाएका छन् ।

टप ३ मा पर्न सफल तीन प्रतियोगीले कमेडी च्याम्पियनको टिमसँग वर्ल्ड टुरको अवसर पाएका छन् ।

विशाल भण्डारीको निर्देशनमा तयार भएको यस रियालिटी शोमा विशाल, केकी अधिकारी र रीमा विश्वकर्मा लगायतको लगानी रहेको छ ।

प्रकाशित मिति March 14, 2020