सिन्धुलीमा बिद्युत प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर एकको मृ’त्यु तीन घाईते

२ चैत्र, सिन्धुली । बिजुलीमा हाई भोल्टेज आएको कारण क*रेन्ट लागेर सिन्धुलीमा एक जनाको मृ त्यु भएको छ भने एउटै गाउँको ३ जना घाईते भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ७ सिम्लेमा शनिबार राति २ बजेको समयमा केन्द्रिय प्रसारणको लाईनमा हाई भोल्टेज आई ३९ बर्षिय माईति माया भोलनको उपचार गर्न जिल्ला अस्पताल सिन्धुलीमा ल्याउदै गर्दा बाटैमा ज्या न गएको छ ।

तेस्तै हाई भोल्टेजकै कारण सोहि ठाउको बर्ष २८ की देब कुमारी घिसिङ,बर्ष ४२ को पदम बहादुर घिसिङ र बर्ष ५१ को ज्ञान बहादुर थिङ घाईते भएको छ । घा*ईते बिरामिहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको सिन्धुली अस्पतालको अध्यक्ष प्रलाद कुमार पोख्रेलले जानकारी दिनुभयो ।

यो घट्ना घट्नु कुनै व्यक्ति वा समुदायको कारणले नभई बिद्युत प्राधिकरण कै लापारबार्हिको कारणले भएको स्थानियको भनाई रहेको छ । स्थानियले घटनाको छानबिन गरी दोषीलाई कडा कारवाही गरी उचित क्षतिपुर्ती को माग गरेका छन ।

प्रकाशित मिति March 15, 2020