प्रचण्डलाई झापड हान्ने पदम कुँवर प’क्राउ

चैत २, काठमाडौं : २०६९ साल मंसिर १ राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झा पड हान्ने पदम कुवँर प क्राउ परेका छन्।

शनिबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरबाट उनी प*क्राउ परेका हुन्।

सुरुमा संसद भवन गेटमै रहेको शौचालयमा गएका पदम लामो समयसम्म भवनमै बसेपछि प्रहरीले सोधखोज गरेको थियो। प्रहरीले सोधखोज गर्न थालेपछि झगडा गरेका पदम त्यहीबाट प*क्राउ परेका हुन्।

प्रहरीसँग झ गडा गरेपछि उनलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। ‘संसद भवनमा त्यसरी छिर्न पाइँदैन,’ उनले भने ‘गेटभित्र छिरेछ, पछि त्यहाँको प्रहरीले प*क्राउ गरेको हो।’

अहिले कुँवरलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ। प्रहरीले कुँवरमाथि अ भ्र द व्यवहारको मुद्दा चलाउने तयारी गरेको एसएसपी सुवेदीको भनाइ छ। २०६९ सालमा एक कार्यक्रममा पदम कुँवरले प्रचण्डमाथि थ प्पड हानेका थिए।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 15, 2020
Loading...