दक्षिणकाली माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

बि.सं.२०७६, चैत ०३,सोमवार। इ.सं. १६ March, 2020 शक संवत, १९४१ नेपाल संवत ११४० चिल्लागा परिधावी उत्तरायण वसन्त सोमवार चैत्र कृष्णपक्ष तिथि सप्तमी , ९:१८ बजे उप्रान्त अष्टमी नक्षत्र ज्येष्ठा , १६:४४ बजे उप्रान्त मूल योग सिद्धि , १८:४७ बजे उप्रान्त व्यतीपात करण वव ९:१८ बजेदेखि वालव , २०:४४ बजे उप्रान्त गर चन्द्रराशि वृश्चिक आनन्दादी योग, पद्म दिनमान २९।५५

सूर्योदय ६:१४ सूर्यास्त १८:१२
अष्टमी व्रत। गोरखकाली पूजा।

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो,अ – घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सागीतिक क्षेत्रमा रुची बढ्नेछ ।कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ ।पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।साँझतिर स्थितिमा सुधार आउनाले रोकिएका काम बन्नेछन्। सुखद समाचार सुन्न पाइनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनाे गाँस्नेहरूबाट सजग रहनुपर्ला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला । गरेका काममा ढिलासुस्ती हुनेछ ।साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – कला,साहित्य एवं संगीतमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला।


बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । न्यायिक कार्यमापनि सफलता मिल्नेछ ।ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद् यात्राको योग छ । कला,साहित्यमा रूचि बढ्नेछ । मंगल कार्यको योग छ ।अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । फलदायी यात्रा नरहला ।व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।नयाँ काम गर्ने अवसर जुट्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 16, 2020
Loading...