कोरोनाभाइरस विरुद्दको खोप : आजदेखी अमेरिकाले मान्छेमा परिक्षण सुरु गर्दै

३ चैत, काठमाडौं । एजेन्सी – विश्वव्यापी म हामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन्। खोप परीक्षण अमेरिकाको सीयाटलमा आज सोमवार हुँदैछ।

ती स्वयंसेवीहरूले सङ्क्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन्।

उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनए (mRNA) को सानो भाग भएको बताइएको छ।

बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ।

पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ।

परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम mRNA-1273 नामकरण गरिएको छ।

त्यसलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ।

त्यो नयाँ परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो।

कोरोनाको उपचार गर्न तीन अस्पताल तोकियो, २३५ आईसीयू बेड थपिने

३  चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले २३५ आईसीयू बेड तयार पार्ने भएको छ । साथै कोरोनाको उपचारका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ । यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महाहारी घोषणा गरिसकेको छ । कोरोना संक्रमण फैलिन नदिन नेपालले पनि पर्यटक भिसा रोकेको छ भने धेरै संक्रमण फैलिएको देशबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे आइतबार राष्ट्रियसभालाई जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानभक्त ढकालले कारोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको बताए ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइनेछ भने वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी छ ।
संक्रमण भित्रिहाल्यो भने पनि नि यन्त्रणमा लिनसक्ने गरी काम भइरहेको भन्दै उनले भयभीत र आतंकित नहुन सर्वसाधारणलाई अपील गरेका छन् ।

अहिलेसम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् । ९ जनवरी २०२० मा नेपाल आएका विद्यार्थीले १३ तारेखमा परीक्षण गराउँदा पोजेटिभ देखिएको तर १० दिन अस्पतालमा उपचार गरेर पुनः परीक्षण गराउँदा नेगेटिभ रिजल्ट आएकोसमेत उनले जानकारी दिएका छन् ।

तर विश्वभर फैलिएको कोरोनाको सं क्रमण छिमेकी मुलुक भारतमा पनि देखिएकाले जोखिम बढेको उनले बताए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आई सीयू वेड तयार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १७० वटा आई सीयू बेड छन् भने कोरोनाको सम्भावित संक्रमितको उपचार गर्न १५५ वटा आइसोलेटेड बेड तयार गरिएको छ ।

मन्त्री ढकालका अनुसार नेपालमा कोरोनाको संक्रमण देखिहाल्यो भने उपत्यकाका तीन वटा अस्पतालमा मात्र उपचार गरिनेछ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइनेछ भने वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी छ ।

प्रकाशित मिति March 16, 2020