सिन्धुली अस्पताल प्रबेश गर्नुअघि अनिबार्य १ मिनेट साबुन पानिले हातधुनु पर्ने

सिन्धुली, ३ चैत्र – सिन्धुली अस्पतालमा प्रबेस गर्नु अघि साबुन पानिले अनिबार्य हात धुनुपर्ने नियम ल्याइएको छ । आईतबार बाट पालना हुने गरि उक्त नियमको सुरुवात गरिएको हो ।

बिश्वभरि माहामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण हुन बाट बच्नको लागि उक्त नियमको सुरुवात गरिएको हो ।


सिन्धुली अस्पतालको बाहिर एउटा धारा र साबुनको ब्यबस्था गरीएको छ । संगै धाराको माथि अस्पताल हाताभित्र प्रवेश गर्दा साबुन पानिले १ मिनेट सम्म हात मिचिमिचि धोएर मात्र प्रबेश गर्न आग्रह गरीएको छ ।

कोेरोनाबाट मात्रै नभई बिभिन्न रोगबाट बच्न सकिने भएकोले एउटा सानो तर राम्रो कामको सुरु गरिएको सिन्धुली अस्पतालको अध्यक्ष प्रलाद कुमार पोख्रेलले जानकारि दिदनुभयो ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 16, 2020
Loading...