अमेरिकी दूतावासद्वारा नेपालमा भिसा अन्तरवार्ता रद्द

चैत ३, २०७६ काठमाडौं : नेपाल स्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित ‘अपोइन्टमेन्ट’ र द्द गरेको छ। चैत ४ गते (मंगलबार) देखि लागू गरिने अमेरिकी दूतावासको आधिकारिक फेसबुकमा सूचना जारी गरिएको छ।

अमेरिकी दूतावासले फेसबुकमा लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पु*नर्सञ्चालन गर्नेछौं, तर यस ब खत भने निश्चित समय तो’क्न असमर्थ छौं, एमआरभी शुल्क जुन मुलुकमा भु*क्तानी गरिएको हो, सोही मुलुकमा भु*क्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ।’

‘अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अ पोइन्टमेन्ट अनुरोध गर्नका लागि कृपया support-nepal@ustraveldocs.com बाट उपलब्ध गराइएका निर्देशनहरूको पालना गर्नुहोला’ फे सबुक पेजमा स्टाटस लेखिएको छ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 16, 2020
Loading...