नेपाल जाने कि नजाने अन्योलमा खाडीका नेपाली

गल्फ ब्युरो – कोरोना भाइरस (कोभिड (१९) को विश्वव्यापी म हामारीले अहिले विदेशमा बस्‍ने नेपालीहरू चिन्ति त बनेका छन् । कोरोना भाइरसबारे सूचनाको अभाव सो सम्बन्धी ज्ञानको अभाव र सामाजिक सञ्जालमा आएका विभिन्‍न भ्र*मपूर्ण भिडियो र समाचारले उनीहरूलाई अझ धेरै मा न सि क तनाव दिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अल ऐनमा कार्यरत झापाका गुरू बरालले नेपाल जाने आफ्‍नो योजना केही महिनाका लागि स्थगित गरेका छन् । उनले मार्च १३ मा नेपाल जाने टिकट लिएका थिए ।

घरमा छोराछोरी, श्रीमती र आमाबाबुलाई कोसेली समेत किनिसकेका थिए । तर, कोरोना भाइरसका कारण उनको कम्पनीले उनलाई छु ट्टीमा नजान सुझाव दियो । कम्पनीको सुझाव अनुसार उनले छुट्टीको योजनालाई स्थगित गरे ।

स्याङ्जाका लक्ष्मण खनालको आगामी मार्च २३ तारिखको टिकट छ । घर परिवारसँग ४० दिनको वार्षिक बिदा मनाउने उनको योजना नेपाल सरकारले श्रम स्वीकृति प्रदान गर्न रोकेसँगै तु हिएको छ । ४० दिनमा पनि अवस्था सुध्रिएन भने के गर्ने ? यही प्रश्‍न्ले नेपाल जाने कि नजाने भन्‍ने दोधारमा छन् लक्ष्मण ।

मध्यपूर्वका खाडी राष्ट्रहरू पनि अहिले विश्वव्यापी महमारीको च’पेटामा परेका छन् । यूएईबाट झण्डै १ सय माइल हवाई दूरीमा रहेको इ रा न सबैभन्दा बढी आ क्रान्त बनेको छ । इरानको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ६ सयभन्दा बढीको मृ त्यु भइसकेको छ भने ११ हजारभन्दा बढी यो भाइरसको सं क्रमणमा परेका छन् । पछिल्लो तथ्यांकअनुसार खाडी मुलुकहरूमा सबैभन्दा बढी सं’क्र’मि’त कतारमा ३ सय २० जनाछन् ।

बहराइनमा १ सय ९५, कुवेतमा १ सय, साउदी अरेबियामा ८६, यूएईमा ८५ र ओमानमा १८ जनालाई सं’क्रमण भएको ती देशले पुष्टि गरेका छन् । अहिलेसम्म खाडीका ६ राष्ट्रहरूमा ८ सय ४ जनामा सं’क्र’म’ण देखिएको छ र यो दिनहुँ बढ्ने क्रम जारी छ । कतिपयले योभन्दा बढी संक्रमित हुनसक्ने आशंका समेत गरेका छन् ।

यूएईमा मात्र अहिलेसम्म २० जना पूर्णरूपमा निको भएर घर फर्केका छन् । अन्य खाडी राष्ट्रमा पनि धेरैले उपचार पाएर घर फर्केका छन् ।

कुवेतले आफ्नो देशलाई ‘ल क डा’उन’ गरिसकेको छ । गत सातादेखि नै कतारले अन्तर्राष्ट्रिय उडानहरू ब*न्द गरेको छ । साउदी अरबले शनिबारदेखि दुई हप्ताको लागि उडान बन्द गर्ने निर्णय गरेको छ । ओमानले उडानहरूको कटौती गर्दै तत्काललाई टुरिस्ट भिसा दिन बन्द गरेको छ ।

यूएईले उच्च जो*खि*ममा रहेका देशहरूसँगको उडान स्थगित गरी आवातजावतलाई कडा गरेको छ ।
कम्पनीले आफ्‍ना कामदारहरूको शरीरको तापक्रमको रेकर्ड राख्‍न थालेका छन् । छुट्टिबाट फर्किएका कामदारहरूलाई १४ दिन अनिवार्य क्वा*रे न्टाइनमा राख्‍न थालेका छन् ।

खाडी राष्ट्रहरूमा कोरोना भाइरसको प्रकोप बढेसँगै नेपालीहरू चि न्तित बन्‍न थालेका छन् । नेपालका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले राज्यले कोरोना संक्रमितको आशंकामा कसैलाई पनि क्वारेन्टाइनमा राख्‍न नसक्ने भन्ने अभिव्यक्ति दिएपछि उनीहरू झनै चिन्तित बनेका छन् । कथम्कदाचित् भविष्यमा विश्व नै महामारीको चपेटामा परेर नेपाल फर्कनु परेको अवस्थामा आफूहरूको स्थिति के होला भन्ने चिन्ता बढेको छ ।

त्यसैगरी कतार, साउदी अरब, ओमान, बहराइन, कुवेतलगायत खाडीका सबै राष्ट्रमा रहेका नेपाली दूतावासहरूले नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । यस्तो अवस्थामा भ य भित बन्‍नुभन्दा पनि स तर्कता अ प नाउनु नै बुद्धिमानी हुनेछ । सम्बन्धित देशका सरकारले जारी गर्ने सही सूचनाहरूबाट आफूलाई अपडेट गरिरहनु पर्छ ।

परिस्थिति अझ बिग्रदै गए खाडी राष्ट्रहरूको अर्थतन्त्र पनि जोखिममा पर्नेछ । यहाँका कम्पनीहरूको भविष्य र ती कम्पनीमा कार्यरत नेपालीहरूको कामबारे अहिले नै भविष्यवाणी गर्नु ह ता रो हुनेछ । तर, के अनुमान गर्न सकिन्छ भने यस्तै अवस्था बढ्दै गए निश्चय नै ती कम्पनीहरूले धेरै कामदार कटौती गर्नेछन् । अवस्था नियन्त्रणमा नआए केही कम्पनीले आˆना कामदारहरूलाई एक/दुई महिना बेतलबी विदा दिन सक्ने स्थिति पनि देखिन्छ ।

यस्तो अवस्थामा नेपाल जान पनि नसकिने र आˆनै खर्चमा कोठामा बस्नुपर्ने भएमा आर्थिक भा र पर्नेछ । त्यसैले विदेशमा बस्ने विशेष गरी खाडी मुलुकहरूमा रहेका नेपाली कामदारहरूले अहिलेदेखि नै फजुल खर्चमा कटौती गर्न जरूरी देखिन्छ ।

खाडीमा कार्यरत नेपालीमा रोजगारीको सुर्ता

संयुक्त अरब इमिरेट्स (यूएई) नेपालीको प्रमुख रोजगार गन्तव्य हो । स्वदेशमा रोजगारी नपाएपछि वर्षौंदेखि यहाँ हजारौं नेपालीले पसिना बगाइरहेका छन् । तर विश्वव्यापी महामारीको रूप लिएको कोरोना संक्रमणले यहाँ कार्यरत नेपाली रोजगारी गुम्ने भयले आक्रान्त छन् ।

दुवईको एक होटलमा कार्यरत मकवानपुरका दिनेश खड्का कोरोना कहरले यहाँ कार्यरत नेपालीमा रोग भित्रिने त्राससँगै रोजगारी गुम्ने चिन्ता पनि थपिएको बताए । खड्काका अनुसार, वार्षिक बिदा लिन बाँकी रहेकाहरूलाई तल्काल बिदामा बस्न तथा बिदा सकाएर फर्किएकालाई समेत विना तलबी बिदा लिन कम्पनीहरूले उर्दी जारी गरेका छन् । कम्पनीले आफ्नो मुलुकको अवस्था हेरेर घर फर्कन र त्यो सम्भव नभए यूएईमै बिदामा बस्न भनेपछि धेरै कामदार रोजगारी गुम्ने चिन्तामा छट्पटिएको उनले बताए ।

 

कोरोनाको संक्रमणपछि खासगरी सेवाप्रदायक क्षेत्रमा काम गर्ने कामदार समस्यामा परेका छन् । होटल, ट्राभल एजेन्सी, सेल्स, सवारी चालक र सुरक्षागार्डमा काम गर्ने नेपाली कामदार बढी प्रभावित भएका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्व महामारीको संज्ञा दिएसँगै यूएई सरकारले सतर्कता अपनाएको छ । पर्यटकीयस्थल, रेस्टुरेन्ट, मानिसहरुको जमघट हुने प्रमुख क्षेत्र तथा विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन् । साथै यूएई भ्रमणमा आउनेहरूका लागि भिसासमेत बन्द गरिएको छ । कामदार मुलुक र आफ्नो देशबीचको हवाई सम्पर्क विच्छेद हुँदा बिदामा घर फर्कनसमेत कामदारलाई समस्या भएको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 16, 2020
Loading...